२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

भोला र करेन्ट गुट्खा–खैनीको बिक्री तत्काल रोक्का


३ बैशाख २०८२, बुधबार  

18
Shares

काठमाडौं । उपभोक्ताको हक–अधिकार सुनिश्चित गर्न र बजारमा पारदर्शिता कायम गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई थप तीव्रता दिएको छ। पछिल्लो अनुगमन अभियान अन्तर्गत मङ्गलवार दुई व्यवसायीमाथि कारबाही गरिएको छ।

विभागका अनुसार करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनी जस्ता उत्पादनहरूको बिक्री वितरण तत्काल प्रभावबाट रोक्का गरिएको छ। यी उत्पादनहरू उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लङ्घन गरेको पुष्टि भएपछि विभागले कडा कदम चालेको हो।

ललितपुरस्थित पशुपति इन्टरनेशनल बिजनेस प्रा. लि. उपत्यकाका लागि डिलरका रूपमा रहेकोले उसलाई तीन दिनभित्र आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। सोही प्रा.लि.मार्फत ती गुट्खा र खैनीको आपूर्ति हुँदै आएको थियो।

विशेष रूपमा श्रीराम टोबाको उद्योग को उत्पादनमाथि प्रश्न उठेको छ। उक्त उद्योगले उत्पादन गर्ने करेन्ट, भोला र जीत ब्राण्डका गुट्खा तथा खैनीमा कम तौल देखिएको र स्टिकरको दुरुपयोग गरिएको पाइएको विभागले जनाएको छ। उद्योगले अन्तःशुल्क स्टिकर हटाएर पुनः प्रयोग गर्ने जस्ता कार्य गरेको आरोप समेत लागेको छ, जसको आधारमा मोरङको धनपालथानबाट कम्पनी प्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको थियो।

यसैबीच, काठमाडौं–२२ स्थित आनन्द ट्रेडर्स लाई आइतबारको अनुगमनमा दुई लाख रुपैयाँ जरिवाना गरिनुका साथै एमआरपी उल्लेख नगरी बिक्री नगर्न निर्देशन दिइएको छ।

बुढानीलकण्ठ क्षेत्रका ट्रियु फामेशिया र स्किन फार्मेसी को नमुना संकलन गरी बिक्री रोकिनुका साथै मधुगंगा इन्टरप्राइजेज, मित्रलाल पौडेल, र सजिलो रेन्टल प्रा. लि. लाई पनि कागजात सहित विभागमा उपस्थित हुन भनिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा विभागले बजार अनुशासन कायम गर्न तथा उपभोक्ताको हितमा कारबाही र अनुगमनलाई निरन्तरता दिइरहेको जनाएको छ।

सरकारले स्पष्ट रूपमा बजारमा बिक्री हुने सबै सामग्रीमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्न अनिवार्य गरेको छ, र उल्लङ्घन गर्ने व्यवसायीहरूविरुद्ध कारबाही तीव्र बनाइएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ८ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध