३० बैशाख २०८२, मंगलबार । May 13, 2025

भूकम्पको श्रृङ्खला : काठमाडौंदेखि जाजरकोटसम्म धक्का महसुस



काठमाडौं । आज बिहान काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा भूकम्पको झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:०५ बजे पाँच म्याग्निच्युडको भूकम्प चीनको डिङ्जे क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको हो। डिङ्जे नेपालको उत्तरी सीमाबाट करिब १८ किलोमिटर टाढा पर्छ।

भूकम्पका गतिविधिहरू पछिल्लो समय देशका विभिन्न भागमा दोहोरिइरहेका छन्। जाजरकोट जिल्लामा मात्र पछिल्ला केही दिनयता पटक–पटक भू-गर्भीय कम्पन भइरहेको छ। मंगलबार बिहान ४:५३ बजे जाजरकोटको कुशे गाउँपालिकाको पैंक क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।

यसअघि, सोमबार राति ९:३१ बजे पनि सोही स्थानमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। यद्यपि, यस भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

यस क्षेत्रमा भूकम्पको दोहोरो झट्का गत चैत २१ गते पनि महसुस गरिएको थियो। सो दिन साँझ ८:०७ बजे र ८:१० बजे लगातार दुई पटक ५.२ र ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो, जसका कारण केही घरहरूमा सामान्य क्षति पुगेको थियो।

भूकम्पीय गतिविधि यतिमा मात्र सीमित छैन। चैत २० गते दार्चुलामा ४ म्याग्निच्युड र चैत १२ गते हुम्लामा ४.५ म्याग्निच्युडको भूकम्प गएको विवरण भूकम्प मापन केन्द्रको वेबसाइटमा उल्लेख गरिएको छ।

देशका विभिन्न भूभागमा यसरी दोहोरिंदो भूकम्पीय हलचलले सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ। सरकारी तथा स्थानीय निकायहरूले नागरिकलाई सजग रहन र आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ८ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काभ्रे प्रि-मनसुन बाढीः आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध

काठमाडौं । काभ्रेको माप्तीस्थित रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको

युद्धविरामपछि आईपीएल फेरि सुरु, जेठ ३ देखि बाँकी खेल संचालन हुने

एजेन्सी । भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावका कारण स्थगित इन्डियन प्रिमियर

काभ्रे प्रि–मनसुन बाढीः बेपत्ता महिलाको अवस्था अझै अज्ञात

काठमाडौं । काभ्रे जिल्लामा सोमबार अपराह्न आएको आकस्मिक बाढीले एक

पाकिस्तानी सेनाप्रमुखको चेतावनीः भारतले हामीलाई तर्साउन सक्दैन

एजेन्सी । भारतसँग चुलिँदै गएको तनावको पृष्ठभूमिमा पाकिस्तानी सेनाप्रमुख जनरल

“अपरेशन सिन्दूर”: आतङ्कवादविरुद्ध भारतको निर्णायक प्रहार: प्रधानमन्त्री मोदी

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले “अपरेशन सिन्दूर”लाई आतङ्कवादविरुद्धको