२ माघ २०८२, बिहिबार । January 15, 2026

चलचित्र छायाङ्कनको ‘हब’ बन्दै मुस्ताङ



मुस्ताङ । पछिल्लो समय यातायात सुविधामा आएको सहजतासँगै मुस्ताङ जिल्ला चलचित्र छायाङ्कनको लागि नयाँ ‘हब’ बन्दै गएको छ। बेनी–जोमसोम–कोरला सडकको सुधारले संघीय राजधानी काठमाडौंबाट एकै दिनमा मुस्ताङ पुग्न सकिने भएपछि चलचित्रकर्मीहरूका लागि यो ठाउँ छायाङ्कनको उपयुक्त स्थलका रूपमा उभिएको हो ।

हिमाली शृङ्खलाको अनुपम दृश्य, प्राकृतिक विविधता, जैविक सम्पदा, सांस्कृतिक मौलिकता र परम्परागत कृषि–पशुपालन प्रणालीले भरिएको मुस्ताङको भूगोल चलचित्र सुटिङका लागि अत्यन्तै आकर्षक बन्दै गएको छ। हलिउड, बलिउडदेखि नेपाली कलिउडसम्मका निर्माता–निर्देशकहरूलाई यहाँका लोभलाग्दा दृश्यले तानिरहेका छन्।

सडक अवस्थित नभएका दशकमा समेत ‘खुदा गवाह’जस्तो हिन्दी चलचित्रले मुस्ताङमा सुटिङ गरेको इतिहास बोकेको यस जिल्लाले अहिले चलचित्र छायाङ्कनमा उल्लेखनीय फड्को मारेको छ। घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनका अनुसार छायाङ्कनको लागि आवश्यक सामग्री, प्राविधिक तथा कलाकारहरू सहजै पुर्‍याउन सकिने भएकाले मुस्ताङको आकर्षण अझै बढेको हो।

पछिल्ला पाँच वर्षमा ‘कबड्डी’, ‘चिनो’, ‘प्रेमगीत’, ‘सम्हालिन्छ कहिले मन’, ‘जेरी’, ‘छिरिङ’ जस्ता थुप्रै नेपाली चलचित्र तथा म्युजिक भिडियो र डकुमेन्ट्री फिल्महरू मुस्ताङमा छायाङ्कन भइसकेका छन्। यसले जिल्लाको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय टेवा पु¥याएको छ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का सचिव नीरज थकालीले चलचित्रले मुस्ताङको संस्कृति, परम्परा र सौन्दर्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। नेपाल चलचित्र प्राविधिक संघका उपाध्यक्ष अर्जुनप्रसाद पोखरेलले मुस्ताङलाई नेपालकै स्वर्गसमान जिल्ला भन्दै, यहाँ चलचित्र स्टुडियो स्थापना गरिए गण्डकी प्रदेशकै समृद्धिमा सहयोग पुग्ने उल्लेख गरे।

धवलागिरी, निलगिरि लगायतका हिमश्रृङ्खलाबाट घेरिएको यस क्षेत्रमा ताल, गुम्बा, गुफा, खर्क र परम्परागत बस्तीहरूको अद्भुत मिश्रण देख्न सकिन्छ। थासाङको सेकुङ ताल, भुतर्छो ताल, कालीगण्डकीको किनार, घरपझोङको मार्फा, ठिनी, स्याङ, जोमसोम, वारागुङको मुक्तिनाथ, कागबेनी, झोङ, छुसाङ, लोमान्थाङको पुरानो दरबार तथा लोघेकरको परम्परागत गुम्बाहरूले मुस्ताङलाई चलचित्र सुटिङका लागि सम्पूर्ण गन्तव्य बनाएको छ।

यहाँका स्थानीय पालिका तथा समुदायले पनि चलचित्र छायाङ्कनमा सक्रिय सहयोग गर्ने गरेका छन्। यसबाट उठेको राजस्वले विकास निर्माणमा टेवा पुगेको छ भने मुस्ताङको पर्यटन पनि नयाँ उचाइमा पुग्ने बाटोमा अग्रसर छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले