२६ माघ २०८२, आइतबार । February 8, 2026

चलचित्र छायाङ्कनको ‘हब’ बन्दै मुस्ताङ



मुस्ताङ । पछिल्लो समय यातायात सुविधामा आएको सहजतासँगै मुस्ताङ जिल्ला चलचित्र छायाङ्कनको लागि नयाँ ‘हब’ बन्दै गएको छ। बेनी–जोमसोम–कोरला सडकको सुधारले संघीय राजधानी काठमाडौंबाट एकै दिनमा मुस्ताङ पुग्न सकिने भएपछि चलचित्रकर्मीहरूका लागि यो ठाउँ छायाङ्कनको उपयुक्त स्थलका रूपमा उभिएको हो ।

हिमाली शृङ्खलाको अनुपम दृश्य, प्राकृतिक विविधता, जैविक सम्पदा, सांस्कृतिक मौलिकता र परम्परागत कृषि–पशुपालन प्रणालीले भरिएको मुस्ताङको भूगोल चलचित्र सुटिङका लागि अत्यन्तै आकर्षक बन्दै गएको छ। हलिउड, बलिउडदेखि नेपाली कलिउडसम्मका निर्माता–निर्देशकहरूलाई यहाँका लोभलाग्दा दृश्यले तानिरहेका छन्।

सडक अवस्थित नभएका दशकमा समेत ‘खुदा गवाह’जस्तो हिन्दी चलचित्रले मुस्ताङमा सुटिङ गरेको इतिहास बोकेको यस जिल्लाले अहिले चलचित्र छायाङ्कनमा उल्लेखनीय फड्को मारेको छ। घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनका अनुसार छायाङ्कनको लागि आवश्यक सामग्री, प्राविधिक तथा कलाकारहरू सहजै पुर्‍याउन सकिने भएकाले मुस्ताङको आकर्षण अझै बढेको हो।

पछिल्ला पाँच वर्षमा ‘कबड्डी’, ‘चिनो’, ‘प्रेमगीत’, ‘सम्हालिन्छ कहिले मन’, ‘जेरी’, ‘छिरिङ’ जस्ता थुप्रै नेपाली चलचित्र तथा म्युजिक भिडियो र डकुमेन्ट्री फिल्महरू मुस्ताङमा छायाङ्कन भइसकेका छन्। यसले जिल्लाको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय टेवा पु¥याएको छ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का सचिव नीरज थकालीले चलचित्रले मुस्ताङको संस्कृति, परम्परा र सौन्दर्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। नेपाल चलचित्र प्राविधिक संघका उपाध्यक्ष अर्जुनप्रसाद पोखरेलले मुस्ताङलाई नेपालकै स्वर्गसमान जिल्ला भन्दै, यहाँ चलचित्र स्टुडियो स्थापना गरिए गण्डकी प्रदेशकै समृद्धिमा सहयोग पुग्ने उल्लेख गरे।

धवलागिरी, निलगिरि लगायतका हिमश्रृङ्खलाबाट घेरिएको यस क्षेत्रमा ताल, गुम्बा, गुफा, खर्क र परम्परागत बस्तीहरूको अद्भुत मिश्रण देख्न सकिन्छ। थासाङको सेकुङ ताल, भुतर्छो ताल, कालीगण्डकीको किनार, घरपझोङको मार्फा, ठिनी, स्याङ, जोमसोम, वारागुङको मुक्तिनाथ, कागबेनी, झोङ, छुसाङ, लोमान्थाङको पुरानो दरबार तथा लोघेकरको परम्परागत गुम्बाहरूले मुस्ताङलाई चलचित्र सुटिङका लागि सम्पूर्ण गन्तव्य बनाएको छ।

यहाँका स्थानीय पालिका तथा समुदायले पनि चलचित्र छायाङ्कनमा सक्रिय सहयोग गर्ने गरेका छन्। यसबाट उठेको राजस्वले विकास निर्माणमा टेवा पुगेको छ भने मुस्ताङको पर्यटन पनि नयाँ उचाइमा पुग्ने बाटोमा अग्रसर छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल