१ जेष्ठ २०८२, बुधबार । May 14, 2025

नयाँ वर्षको सुरुवातसँगै माओवादीको तराई–मधेस जागरण अभियान पुनः सक्रिय



काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ वर्षको पहिलो दिनदेखि पूर्व–पश्चिम हुलाकी लोकमार्ग केन्द्रित “जनतासँग माओवादी–तराई मधेस जागरण अभियान”लाई पुनः सुरु गरेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको अभियान टोली नवलपुरको गैँडाकोट पुगेको छ, जहाँ स्थानीय बासिन्दाहरूले भव्य स्वागत गरेका छन्।

माओवादी केन्द्रका अनुसार अध्यक्ष प्रचण्डसहित अभियान टोली आज र भोलि नवलपुरका विभिन्न स्थानमा जनतासँग संवाद, भेटघाट र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने छ।

अभियानमार्फत तराई–मधेस क्षेत्रमा माओवादी केन्द्रको संगठन सुदृढ पार्ने, जनतासँगको सम्बन्ध अझ बलियो बनाउने र स्थानीय मुद्दामा सक्रिय रहने उद्देश्य लिएको पार्टी स्रोतले जनाएको छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ९ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मखनटोलमा आगलागी अपडेटः मृत्यु हुने काभ्रेकी विष्णु अधिकारी

काठमाडौं । काठमाडौं महानगरपालिका–२४, मखनटोलस्थित सुरज आर्केड पछाडिका दुई घरमा

त्रिकोणात्मक सिरिज खेल्न स्कटल्याण्ड जाने नेपाली टोलीको बिदाई

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई स्कटल्याण्डमा आयोजना हुने आईसीसी

बुधबारको सुनचाँदी बजार : सुनको भाउ बढ्यो, चाँदी सस्तो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको

जेठ महिनाका लागि बैंकको ब्याजदरः अधिकांशको स्थिर, केहीमा सामान्य घटबढ

काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर सार्वजनिक

‘नेपालमा कृषि बीमा’सम्बन्धी पुस्तक बजारमा

काठमाडौं । नेपालमा कृषि बीमाको विकासबारे जानकारी मुलक ‘नेपालमा कृषि