२ माघ २०८२, बिहिबार । January 15, 2026

जाजरकोटमा भूकम्पको श्रृंखला: आज बिहान फेरि कम्पन महसुस



जाजरकोट । जाजरकोट जिल्लामा भूकम्पको लहर जारी छ। आज बिहान पुनः भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद् लोकविजय अधिकारीका अनुसार मंगलबार बिहान ४:५३ बजे जाजरकोटको कुशे गाउँपालिका अन्तर्गतको पैंक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि सोमबार राति ९:३१ बजे सोही क्षेत्रमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। यद्यपि, यी दुबै भूकम्पका कारण हालसम्म कुनै क्षति वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।

केन्द्रका अनुसार यसअघि पनि चैत २१ गते साँझ ८:०७ र ८:१० बजे दुई पटक पैंक क्षेत्रमा क्रमशः ५.२ र ५.५ म्याग्निच्युडका भूकम्प आएका थिए, जसबाट केही घरमा सामान्य क्षति पुगेको थियो।

यसैबीच, चैत २० गते दार्चुला र चैत १२ गते हुम्ला जिल्लामा क्रमशः ४ र ४.५ म्याग्निच्युडका भूकम्प गइसकेका छन्।

निरन्तर भइरहेका यी भूगर्भीय गतिविधिहरूले जाजरकोट तथा आसपासका क्षेत्रहरूमा सतर्कता अपनाउनु पर्ने आवश्यकता देखिएको छ। भूगर्भविद्हरूले पनि आगामी दिनमा पुनः धक्का आउन सक्ने सम्भावना औंल्याउँदै सावधानी अपनाउन सुझाव दिएका छन्।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ८ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले