काठमाडौं । नेपाल प्रहरीले ६१ जना वरिष्ठ नायब निरीक्षक (सई)लाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका लागि सिफारिस गरेको छ।
२०८१ साल चैत ३१ गते बसेको प्रहरी मुख्यालयको बढुवा समितिको बैठकले योग्य ठहरिएका ती अधिकृतहरूलाई इन्सपेक्टर पदमा बढुवाका लागि अगाडि बढाउने निर्णय गरेको हो।
बढुवा सिफारिसमा परेकामध्ये प्रमुख नामहरूमा सुदिप थापा, रवी घिमिरे, फणिन्द्र क्षेत्री, कृष्णराज सेढाईं, हस्तबहादुर तामाङ, सुनिर श्रेष्ठ, मनराज बानियाँ, जगतबहादुर राई, विशाल विक्रम शाह, श्याम कुमार सुवेदी, शिव केसी लगायत रहेका छन्।
यी सिफारिसहरू प्रहरी सेवाभित्रको पदोन्नतिको नियमित प्रक्रियाअन्तर्गत गरिएको हो, जसले संगठनभित्रको कार्यकुशलता र नेतृत्व क्षमतामा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको छ।



प्रतिक्रिया