१ जेष्ठ २०८२, बुधबार । May 14, 2025

वीरगञ्जमा कर्फ्यू हटाइयो, सभा–जुलुसमा भने निषेध



पर्सा । शनिबार बेलुका दुई समूहबीच भएको झडपका कारण लगाइएको कर्फ्यू आदेश जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार राति १२ बजेदेखि हटाएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले वीरगञ्ज महानगरभित्रको शान्ति सुरक्षाको अवस्था क्रमशः सुधार हुँदै गएको मूल्याङ्कन गर्दै सर्वपक्षीय छलफलपछि कर्फ्यू हटाउने निर्णय गरिएको जानकारी दिए। “स्थिति केही हदसम्म नियन्त्रणमा आइसकेको छ, त्यसैले आइतबार मध्यरातदेखि कर्फ्यू हटाइएको हो,” उनले बताए।

तर, अवस्था पूर्ण रूपमा सामान्य नभएको भन्दै केही क्षेत्रहरूमा निषेधाज्ञा भने जारी गरिएको छ। प्रजिअ अर्यालका अनुसार, वैशाख १ गतेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म वीरगञ्ज महानगरको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सियापुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा कुनै प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ।

यो आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३ क) अनुसार जारी गरिएको हो। उक्त आदेशको उल्लंघन गर्ने जो–कोहीलाई कानुन बमोजिम कारबाही गरिने स्पष्ट चेतावनी प्रशासनले दिएको छ। झडपको कारण शनिबार बेलुका ६:३० बजेदेखि कर्फ्यू लागू गरिएको थियो।

अवस्था केही सामान्य भए पनि संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले सर्तसहित निषेधाज्ञा कायम राखेको हो।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ६ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लगातार चौथो दिन पनि घट्यो सेयर बजार, कति पुग्यो कारोबार रकम ?

काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको क्रम बुधबार पनि जारी

पुम्दिकोटमा नगर बस दुर्घटनाः २० यात्रु घाइते, ४ को अवस्था गम्भीर

पुम्दिकोट । पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा बुधबार दिउँसो नगर बस दुर्घटना

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट पुनः ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको

क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको घोषणा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी सन्दीप लामिछानेले नेपाल

मखनटोलमा आगलागी अपडेटः मृत्यु हुने काभ्रेकी विष्णु अधिकारी

काठमाडौं । काठमाडौं महानगरपालिका–२४, मखनटोलस्थित सुरज आर्केड पछाडिका दुई घरमा