२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

वीरगञ्जमा कर्फ्यू हटाइयो, सभा–जुलुसमा भने निषेध


१ बैशाख २०८२, सोमबार  

33
Shares

पर्सा । शनिबार बेलुका दुई समूहबीच भएको झडपका कारण लगाइएको कर्फ्यू आदेश जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार राति १२ बजेदेखि हटाएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले वीरगञ्ज महानगरभित्रको शान्ति सुरक्षाको अवस्था क्रमशः सुधार हुँदै गएको मूल्याङ्कन गर्दै सर्वपक्षीय छलफलपछि कर्फ्यू हटाउने निर्णय गरिएको जानकारी दिए। “स्थिति केही हदसम्म नियन्त्रणमा आइसकेको छ, त्यसैले आइतबार मध्यरातदेखि कर्फ्यू हटाइएको हो,” उनले बताए।

तर, अवस्था पूर्ण रूपमा सामान्य नभएको भन्दै केही क्षेत्रहरूमा निषेधाज्ञा भने जारी गरिएको छ। प्रजिअ अर्यालका अनुसार, वैशाख १ गतेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म वीरगञ्ज महानगरको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सियापुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा कुनै प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ।

यो आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३ क) अनुसार जारी गरिएको हो। उक्त आदेशको उल्लंघन गर्ने जो–कोहीलाई कानुन बमोजिम कारबाही गरिने स्पष्ट चेतावनी प्रशासनले दिएको छ। झडपको कारण शनिबार बेलुका ६:३० बजेदेखि कर्फ्यू लागू गरिएको थियो।

अवस्था केही सामान्य भए पनि संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले सर्तसहित निषेधाज्ञा कायम राखेको हो।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ६ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ