४ असार २०८३, बिहिबार । June 18, 2026

देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपात


१ बैशाख २०८२, सोमबार  

123
Shares

काठमाडौं । अहिले देशभर पश्चिमी वायु र स्थानीय वायुले प्रभाव जमाइरहेको छ, जसको कारण अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली देखिएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा एक-दुई स्थानमा हिमपात समेत हुनसक्ने सम्भावना रहेको छ। यसैगरी, वर्षा, चट्याङ तथा हिमपातका कारण जनजीवन, स्वास्थ्य, कृषि, सडक र हवाई यातायातमा प्रतिकूल असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ।

आवश्यक सतर्कता अपनाई मौसमजन्य सम्भावित जोखिमबाट जोगिन महाशाखाले विशेष सावधानी अपनाउन सुझाव दिएको छ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा