७ चैत्र २०८२, शनिबार । March 22, 2026

रवि लामिछानेको रिटमा सर्वोच्चमा सुनुवाइ सकियो, फैसला कहिले आउला ?


३० चैत्र २०८१, आइतबार  

201
Shares

काठमाडौं । थुनामुक्तिको माग गर्दै रवि लामिछानेले दायर गरेको रिटमा आइतबार सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ।

उक्त रिट न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासमा पेशीमा परेको हो। यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालतको धरौटीमा रिहा गर्ने आदेश उल्ट्याउँदै लामिछानेलाई कारागार चलान गर्न निर्देशन दिएको थियो।

जिल्ला अदालत रुपन्देहीले भने उनलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उच्च अदालतको आदेशपछि हाल रवि लामिछाने रुपन्देही कारागारमा थुनामा छन्। अब सर्वोच्चको फैसलाले रविको भविष्यको कानुनी बाटो कोर्नेछ।

अदालतले फैसला कहिले सुनाउने भन्नेबारे भने जानकारी गराएको छैन।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ३ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो