५ बैशाख २०८३, शनिबार । April 19, 2026

नेपालविरुद्ध कुवेतको सशक्त प्रदर्शन, १७५ रनको लक्ष्य प्रस्तुत


३० चैत्र २०८१, आइतबार  

42
Shares

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुवेतले नेपाललाई उपाधि जित्न १७५ रनको चुनौती दिएको छ।

मङ्ककस्थित मिसन क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रनको सशक्त स्कोर बनायो। कुवेतले आक्रामक सुरुवात गरेको थियो। ९ ओभरमै उसले २ विकेट गुमाउँदै १०० रन पार गरिसकेको थियो भने १० ओभरमा ११० रन बनाएको थियो।

तर तेस्रो विकेटका रूपमा उस्मान पटेल आउट भएपछि कुवेतको रनगति केही मन्द भयो र बाउन्ड्रीको सङ्ख्यामा गिरावट आयो। ओपनर रविजा सान्द्रारुवानले ६३ रनको उत्कृष्ट अर्धशतकिय पारी खेले। उनले ३६ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। क्लिन्टो एन्टोले २६, मित भवसारले १६, र उस्मान पटेलले २३ रनको योगदान दिए।

विलाल ताहिर रन आउट भएपछि कुवेतको पारी केही दबाबमा परेको देखिएको थियो। अन्तिममा कप्तान मोहम्मद आस्लम १३ रन र नवीनराज राजेन्द्रन ८ रनमा अविजित रहे। नेपालका लागि बलिङतर्फ नन्दन यादव र सोमपाल कामीले समान २–२ विकेट लिँदा, करण केसी र कुशल भुर्तेलले १–१ विकेट लिए।

अब नेपालले उपाधि जित्न १७५ रनको विशाल लक्ष्य पछ्याउनुपर्नेछ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  १ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित