२ माघ २०८२, बिहिबार । January 15, 2026

विश्वकप एसिया छनोट: यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल



काठमाडौं – काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा आजदेखि सुरु भएको आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध ब्याटिङ गरिरहेको छ।

निर्धारित समयभन्दा करिब २ घण्टा ढिला गरेर टस सम्पन्न भएको थियो। टसमा यूएईका कप्तान पृथ्वी मधुले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङबाट आफ्नो अभियानको सुरुवात गरेको हो। टस ढिलो हुनुको कारण पछिल्लो केही दिनदेखिको लगातारको वर्षाले मैदान प्रभावित हुनु हो।

मैदानको केही भाग सुकाउने कार्यका कारण खेल सुरु गर्न ढिलाइ भएको हो। यही कारणले खेललाई ४० ओभरमा घटाइएको छ। यस प्रतियोगितामा नेपाल, यूएई, अफगानिस्तान, हङकङ र ओमान गरी पाँच टोली सहभागी छन्। छनोट चरणको अन्त्यमा शीर्ष स्थानमा रहने टोलीले सन् २०२६ मा हुने यू-१९ विश्वकपमा स्थान सुरक्षित गर्नेछ।

नेपालले आजको खेलका लागि कप्तान नरेन भट्टको नेतृत्वमा ११ खेलाडी मैदानमा उतारेको छ। टोलीमा रहेका अन्य खेलाडीहरू हुन् निरज यादव, अभिषेक तिवारी, साहिल पटेल, रोशन बिक, दिलसाद अली, दर्श सोनार, युवराज खत्री, अशोक धामी, अपराजित पौडेल र सन्तोष यादव।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ११ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले