१ आश्विन २०८३, बिहिबार । September 18, 2026

विश्वकप एसिया छनोट: यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल


३० चैत्र २०८१, आइतबार  

21
Shares

काठमाडौं – काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा आजदेखि सुरु भएको आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध ब्याटिङ गरिरहेको छ।

निर्धारित समयभन्दा करिब २ घण्टा ढिला गरेर टस सम्पन्न भएको थियो। टसमा यूएईका कप्तान पृथ्वी मधुले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङबाट आफ्नो अभियानको सुरुवात गरेको हो। टस ढिलो हुनुको कारण पछिल्लो केही दिनदेखिको लगातारको वर्षाले मैदान प्रभावित हुनु हो।

मैदानको केही भाग सुकाउने कार्यका कारण खेल सुरु गर्न ढिलाइ भएको हो। यही कारणले खेललाई ४० ओभरमा घटाइएको छ। यस प्रतियोगितामा नेपाल, यूएई, अफगानिस्तान, हङकङ र ओमान गरी पाँच टोली सहभागी छन्। छनोट चरणको अन्त्यमा शीर्ष स्थानमा रहने टोलीले सन् २०२६ मा हुने यू-१९ विश्वकपमा स्थान सुरक्षित गर्नेछ।

नेपालले आजको खेलका लागि कप्तान नरेन भट्टको नेतृत्वमा ११ खेलाडी मैदानमा उतारेको छ। टोलीमा रहेका अन्य खेलाडीहरू हुन् निरज यादव, अभिषेक तिवारी, साहिल पटेल, रोशन बिक, दिलसाद अली, दर्श सोनार, युवराज खत्री, अशोक धामी, अपराजित पौडेल र सन्तोष यादव।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ११ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ