२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

चार देशीय टी–२० सिरिजको फाइनलमा नेपालको टस जित, कुवेत ब्याटिङमा


३० चैत्र २०८१, आइतबार  

18
Shares

काठमाडौं – हङकङमा जारी चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले कुवेतविरुद्ध टस जित्दै पहिला बलिङ गर्ने निर्णय गरेको छ।

नेपाली कप्तान रोहित पौडेलले टस जितेपछि विपक्षी कुवेतलाई ब्याटिङका लागि आमन्त्रण गरेका हुन्। यसअघि समूह चरणको अन्तिम खेलमा नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए। उक्त अंक बाँडफाँटसँगै नेपाल ३ खेलमा ५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो।

कुवेतले भने ३ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानबाट फाइनल यात्रा तय गरेको हो। नेपालले लिग चरणमै कुवेतलाई ६ विकेटले हराएको स्मरणीय प्रदर्शन गरेको थियो, जसले फाइनल खेलमा पनि उत्साह थपेको छ।

त्यस्तै, आजै सम्पन्न तेस्रो स्थानको खेलमा हङकङले कतारलाई रोमाञ्चक एक रनले हराउँदै तेस्रो स्थान हासिल गरेको छ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ११ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ