२ माघ २०८२, बिहिबार । January 15, 2026

चार देशीय टी–२० सिरिजको फाइनलमा नेपालको टस जित, कुवेत ब्याटिङमा



काठमाडौं – हङकङमा जारी चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले कुवेतविरुद्ध टस जित्दै पहिला बलिङ गर्ने निर्णय गरेको छ।

नेपाली कप्तान रोहित पौडेलले टस जितेपछि विपक्षी कुवेतलाई ब्याटिङका लागि आमन्त्रण गरेका हुन्। यसअघि समूह चरणको अन्तिम खेलमा नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए। उक्त अंक बाँडफाँटसँगै नेपाल ३ खेलमा ५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो।

कुवेतले भने ३ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानबाट फाइनल यात्रा तय गरेको हो। नेपालले लिग चरणमै कुवेतलाई ६ विकेटले हराएको स्मरणीय प्रदर्शन गरेको थियो, जसले फाइनल खेलमा पनि उत्साह थपेको छ।

त्यस्तै, आजै सम्पन्न तेस्रो स्थानको खेलमा हङकङले कतारलाई रोमाञ्चक एक रनले हराउँदै तेस्रो स्थान हासिल गरेको छ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ११ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले