२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

एनएसएल:ललितपुर प्लेअफमा पुग्ने पहिलो टोली, बुटवल प्रतियोगिताबाट बाहिर


३० चैत्र २०८१, आइतबार  

21
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई २–० ले पराजित गर्दै प्लेअफ यात्रा सुनिश्चित गरेको छ।

यस जितसँगै ललितपुर प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको हो, भने बुटवल लुम्बिनी भने प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो। ललितपुरले खेलको सुरुवातदेखि नै दबाब कायम राख्दै २३औं मिनेटमा अनन्त तामाङको उत्कृष्ट हेड गोलमार्फत अग्रता लिएको थियो। पहिलो हाफमा १–० को अग्रता बनाएको ललितपुरले खेलको अन्त्यतिर, ८८औं मिनेटमा सन्तोष खत्रीको गोलमार्फत २–० को स्पष्ट जित हासिल गर्‍यो।

उक्त गोल इमोहको सटीक पासबाट भएको थियो। पाँच खेलमा तीन जित र दुई बराबरीको नतिजासहित ११ अंक बटुलेको ललितपुर अपराजित रहँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अब उसले लिग चरणको अन्तिम खेल झापा एफसीसँग खेल्नेछ। पाँच खेलबाट केवल १ अंक बटुल्न सफल बुटवल लुम्बिनी एफसी भने अन्तिम खेल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिएको छ।

बुटवलले अब बिहीबार पोखरा थन्डर्ससँग आफ्नो अन्तिम खेल खेल्नेछ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ५ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ