२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

धार्मिक उल्लासबीच हिंसात्मक मोड, वीरगञ्जमा कर्फ्यु लागू



वीरगञ्ज, पर्सा । शनिबार वीरगञ्जमा हनुमान जन्मोत्सवको अवसरमा आयोजना गरिएको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएपछि शहर तनावग्रस्त बनेको छ।

अपरान्ह नगर परिक्रमा गर्दै छपकैया क्षेत्रमा पुगेको शोभायात्राको क्रममा दुई फरक धर्म मान्ने समूहमाझ वादविवाद चर्किँदै झडपमा परिणत भएको हो। झडप नियन्त्रणमा ल्याउन सुरक्षाकर्मीहरूले लाठीचार्ज, अश्रुग्यास र हवाई फायरसमेत गर्नुपरेपछि स्थिति थप तनावग्रस्त बनेको थियो।

अवस्था नियन्त्रणबाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालय, पर्साले शनिबार बेलुकी ७:३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि वीरगञ्ज शहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, भेडियाही चोक (पूर्व), गण्डक चोक (उत्तर), सिर्सिया चोक (पश्चिम) र शंकराचार्य गेट (दक्षिण) गरी चारवटै दिशामा सीमांकन गरी कर्फ्यु लागू गरिएको हो।

इदगाह चोक क्षेत्र विशेषरूपमा प्रभावित बनेको छ जहाँ शनिबार बेलुकी ८ बजेसम्म पनि प्रहरी र स्थानीयबीच झडप जारी थियो। स्थिति नियन्त्रणमा ल्याउन नेपाली सेनाको समेत सहयोग लिइएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए। उनका अनुसार, शनिबार बेलुकासम्म प्रहरीले दुई राउण्ड हवाई फायर र करिब १३० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। झडपमा प्रहरीसहित स्थानीय गरी झण्डै ४० जना घाइते भएका छन्।

घाइतेहरूमध्ये प्रहरी उपरीक्षक गौतम मिश्र र सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहसहित २५ जना सुरक्षाकर्मी रहेका छन् भने १५ जना प्रदर्शनकारी घाइते भएका छन्। सभी घाइतेहरूको नारायणी अस्पताल लगायतका विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

स्थिति यथासक्य चाँडो सामान्य बनाउने प्रयासमा प्रशासन जुटेको छ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ५ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको