४ असार २०८३, बिहिबार । June 18, 2026

धार्मिक उल्लासबीच हिंसात्मक मोड, वीरगञ्जमा कर्फ्यु लागू


३० चैत्र २०८१, आइतबार  

45
Shares

वीरगञ्ज, पर्सा । शनिबार वीरगञ्जमा हनुमान जन्मोत्सवको अवसरमा आयोजना गरिएको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएपछि शहर तनावग्रस्त बनेको छ।

अपरान्ह नगर परिक्रमा गर्दै छपकैया क्षेत्रमा पुगेको शोभायात्राको क्रममा दुई फरक धर्म मान्ने समूहमाझ वादविवाद चर्किँदै झडपमा परिणत भएको हो। झडप नियन्त्रणमा ल्याउन सुरक्षाकर्मीहरूले लाठीचार्ज, अश्रुग्यास र हवाई फायरसमेत गर्नुपरेपछि स्थिति थप तनावग्रस्त बनेको थियो।

अवस्था नियन्त्रणबाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालय, पर्साले शनिबार बेलुकी ७:३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि वीरगञ्ज शहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, भेडियाही चोक (पूर्व), गण्डक चोक (उत्तर), सिर्सिया चोक (पश्चिम) र शंकराचार्य गेट (दक्षिण) गरी चारवटै दिशामा सीमांकन गरी कर्फ्यु लागू गरिएको हो।

इदगाह चोक क्षेत्र विशेषरूपमा प्रभावित बनेको छ जहाँ शनिबार बेलुकी ८ बजेसम्म पनि प्रहरी र स्थानीयबीच झडप जारी थियो। स्थिति नियन्त्रणमा ल्याउन नेपाली सेनाको समेत सहयोग लिइएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए। उनका अनुसार, शनिबार बेलुकासम्म प्रहरीले दुई राउण्ड हवाई फायर र करिब १३० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। झडपमा प्रहरीसहित स्थानीय गरी झण्डै ४० जना घाइते भएका छन्।

घाइतेहरूमध्ये प्रहरी उपरीक्षक गौतम मिश्र र सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहसहित २५ जना सुरक्षाकर्मी रहेका छन् भने १५ जना प्रदर्शनकारी घाइते भएका छन्। सभी घाइतेहरूको नारायणी अस्पताल लगायतका विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

स्थिति यथासक्य चाँडो सामान्य बनाउने प्रयासमा प्रशासन जुटेको छ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ५ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा