९ माघ २०८२, बिहिबार । January 23, 2026

भियतनामका १८० बौद्ध धर्मावलम्बी विशेष चार्टर विमानमार्फत लुम्बिनी दर्शनमा



काठमाडौँ । भियतनामका १८० जना बौद्ध धर्मावलम्बीहरू विशेष चार्टर विमानमार्फत भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा भ्रमणमा आउने भएको छ ।

वैशाख ५ गते भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय गरिएको छ। उक्त टोलीले लुम्बिनीमा विशेष पूजा कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रमपछि, वैशाख ६ गते उनीहरू सडकमार्ग हुँदै भारतको वाराणसीतर्फ प्रस्थान गर्नेछन्।

भियतनामी बौद्ध धर्मावलम्बीहरूले लुम्बिनीलाई अत्यन्त पवित्र स्थलको रूपमा लिने गरेका छन्। गौतम बुद्धको जन्मस्थल भएकाले लुम्बिनी उनीहरूका लागि एक प्रमुख धार्मिक गन्तव्य रहँदै आएको छ।

यस्तो धार्मिक भ्रमणले नेपाल र भियतनामबीचको सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शनिबार  १० : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल

बझाङबाट नेकपाको प्रतिनिधिसभा उम्मेदवारमा युवा नेता मीनबहादुर कुवर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते