४ आश्विन २०८३, आइतबार । September 20, 2026

दुर्गा प्रसाईं हत्कडीसहित चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं


२८ चैत्र २०८१, शुक्रबार  

24
Shares

काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि भारत भागेका दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले शुक्रबार हत्कडी लगाएर झापाको चन्द्रगढी विमानस्थल पुर्‍याएको छ।

आसाममा आत्मसमर्पण गरेका प्रसाईंलाई नेपाल प्रहरीको विशेष टोलीले आज(शुक्रबार) बिहान झापा ल्याएको हो। विमानस्थलमा बोर्डिङ प्रक्रिया पूरा गरेपछि प्रसाईं र उनका सुरक्षाकर्मी दीपक खड्का बुद्ध एअरको विमानमार्फत काठमाडौं ल्याइँदैछ।

विमान चढ्ने क्रममा प्रसाईंले संक्षिप्त प्रतिक्रिया दिँदै आफू पक्राउ परेरै नेपाल आएको स्वीकार गरेका छन्। उनलाई नेपाल ल्याउने अभियानमा नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो।

प्रसाईंलाई उच्च सुरक्षा व्यवस्थासहित काठमाडौं ल्याइँदैछ, जहाँ थप अनुसन्धान अघि बढाइनेछ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  १२ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली