२ माघ २०८२, बिहिबार । January 16, 2026

नेपाल प्रहरीको नियन्त्रणमा दुर्गा प्रसाईं, भद्रपुरबाट काठमाडौं ल्याउने तयारी



काठमाडौँ । दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट आधिकारिक रूपमा नियन्त्रणमा लिएको छ।

प्रहरी प्रधान कार्यालयका उच्च स्रोतका अनुसार, प्रसाईंलाई भारतको सीमा नजिकैबाट हस्तान्तरण गरी झापा हुँदै नेपाल भित्र्याइएको हो। चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा उनीमाथि अनुसन्धान थालिएको हो। यसअघि उनको सचिवालयले प्रसाईंले भारतको आसाम राज्यमा आत्मसमर्पण गरेको जानकारी दिएको थियो।

त्यसपछि भारतीय प्रहरीले उनलाई सीमाक्षेत्रसम्म ल्याएर नेपाल प्रहरीलाई बुझाएको थियो। नेपाल–भारतबीच सुपुर्दगी सन्धि नभएकाले दुई देशबीच आपसी समझदारीका आधारमा सीमाक्षेत्रमै व्यक्तिहरूको जिम्मा लगाउने अभ्यास रहँदै आएको छ। प्रसाईंको मामलामा पनि यही प्रक्रिया अपनाइएको हो।

शुरुआती खबरहरूमा भारतमै पक्राउ परेका भनिए पनि त्यसलाई नेपाल प्रहरीले अस्वीकार गर्दै सीमाक्षेत्रमै हस्तान्तरण गरिएको स्पष्ट पारेको छ। प्रसाईंलाई झापाको गलगलिया नाका हुँदै नेपाल ल्याइएको हो भने अब उनलाई भद्रपुर विमानस्थलबाट हवाईमार्गमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  १२ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले