५ असार २०८३, शुक्रबार । June 19, 2026

दुर्गा प्रसाइँलाई हवाईमार्गमार्फत काठमाडौं ल्याइँदै


२८ चैत्र २०८१, शुक्रबार  

78
Shares

काठमाडौं | भारतको आसाम राज्यमा आत्मसमर्पण गरेका दुर्गा प्रसाइँलाई आज (शुक्रबार) नेपाल फर्काइँदैछ।

मानवअधिकारकर्मीको उपस्थितिमा भारतीय प्रहरीले उनलाई नेपाल प्रहरीको जिम्मा लगाउने तयारी गरेको छ। प्रसाइँ नेपाल आउने खबर फैलिएसँगै उनका आफन्तजन र समर्थकहरू काँकरभिट्टास्थित मेची पुलमा जम्मा भएका छन्। तर, सुरक्षाको कारण देखाउँदै नेपाल प्रहरीले उनलाई वैकल्पिक सीमा नाका गलगलियाबाट ल्याउने निर्णय गरेको छ।

गलगलिया नाका झापाको भद्रपुर क्षेत्रमा पर्ने भारतीय सीमा हो। प्रहरी स्रोतका अनुसार, भीडभाडको सम्भावित जोखिमलाई ध्यानमा राख्दै रुट परिवर्तन गरिएको हो। झापाका प्रहरी प्रमुख मिलन केसीको नेतृत्वमा प्रहरी टोली गलगलिया पुगेको छ।

भारतबाट प्रसाइँको हस्तान्तरण भएपछि उनलाई चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं ल्याइने योजना बनाइएको छ। प्रसाइँको प्रत्यावर्तनलाई लिएर सुरक्षा संयन्त्र उच्च सतर्कतामा राखिएको छ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  ९ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा