२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

गणतन्त्रको पक्षमा बुटवलमा एमालेको शक्ति प्रदर्शन, ओलीले सम्बोधन गर्ने


२८ चैत्र २०८१, शुक्रबार  

48
Shares

बुटवल | प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल आउने भएका छन्। नेकपा एमालेले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्न ओली बुटवल आउन लागेका हुन्। राजसंस्थाप्रति बढ्दो आकर्षणको सन्दर्भमा एमालेले गणतन्त्रको पक्षमा जनचेतना फैलाउन शक्ति प्रदर्शन गर्ने तयारी गरेको हो।

गणतन्त्र सुदृढीकरणका लागि देशभर सात स्थानमा आयोजना हुने जागरण सभामध्ये बुटवलको सभा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने छ। चैत २४ देखि ३० गतेसम्म सञ्चालन हुने राष्ट्रिय जागरण अभियान अन्तर्गत रामनगरस्थित बुटवल मण्डपमा शुक्रबार कार्यक्रम हुनेछ।

एमाले प्रचार विभाग, रुपन्देहीले बिहीबार पत्रकार सम्मेलन गरी सभाको तयारी पूरा भएको जानकारी दिएको छ। एमाले सचिव तथा लुम्बिनी इन्चार्ज पद्मा अर्यालका अनुसार यो कार्यक्रमको उद्देश्य प्रतिगमनविरुद्ध जनतालाई सचेत गराउँदै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु हो।

अर्यालले सरकारमै रहँदा पनि पार्टीले सभा गर्नुको कारण गलत प्रचारविरुद्ध वास्तविकता जनतालाई बुझाउनु रहेको बताइन्। “काम गर्दा केही कमजोरी भए पनि यो व्यवस्था सहजै आएको होइन, यसको रक्षा सबैको जिम्मेवारी हो,” उनले भनिन्।

एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले यो कार्यक्रम केवल एमालेको मात्र नभई सम्पूर्ण गणतन्त्र समर्थकहरूको साझा आवाज हुने बताए। कार्यक्रमपूर्व बुटवलदेखि भैरहवासम्म ५ हजार मोटरसाइकल र ५०० सवारीसाधनसहितको र्याली निकालिने र विभिन्न स्थानबाट आएका टोलीहरू रामनगरस्थित कार्यक्रम स्थलमा जम्मा हुनेछन्।

साथै, शीर्ष नेताहरूको उपस्थिति रहने यो सभाबाट गणतन्त्रको संरक्षण र मजबुतीका लागि जनमानसमा स्पष्ट सन्देश प्रवाह गरिने एमालेले बताएको छ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  ८ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ