२ माघ २०८२, बिहिबार । January 16, 2026

आफ्नै सुरक्षाको लागि आत्मसमर्पण: प्रसाईँ सचिवालय



काठमाडौं । सामाजिक तथा राजनीतिक क्षेत्रका चर्चित व्यक्तित्व दुर्गा प्रसाईले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

प्रसाईको सचिवालयद्वारा सार्वजनिक गरिएको जानकारी अनुसार, उनले आफ्नो व्यक्तिगत सुरक्षाको लागि यस्तो निर्णय लिएका हुन्। सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, “आज बिहान करिब २ घण्टा अघि हाम्रो अभियानका संयोजक श्री दुर्गा प्रसाईले आफ्नो सुरक्षालाई मध्यनजर गर्दै भारतको आसाम राज्यको प्रहरीसमक्ष स्वेच्छिक रूपमा आत्मसमर्पण गर्नु भएको छ।”

सचिवालयले थप स्पष्ट पारेको छ कि प्रसाईले यसअघि सार्वजनिक भिडियोमार्फत यदि सुरक्षाको प्रत्याभूति गरिन्छ भने २४ घण्टाभित्र उपस्थित हुने घोषणा गरेका थिए। “हिजोमात्रै हामीले भिडियोमार्फत हाम्रो सुरक्षाको ग्यारेन्टी भए हामी २४ घण्टाभित्र उपस्थित हुनेछौं भनेका थियौं, र आज त्यो अनुसार उहाँ उपस्थित हुनुभयो,” सचिवालयले उल्लेख गरेको छ।

सन्देशको अन्त्यमा सचिवालयले “जय देश, जय राष्ट्रवाद” को नारासहित राष्ट्रप्रेमको भावना व्यक्त गरेको छ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ९ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले