४ श्रावण २०८३, सोमबार । July 20, 2026

चाइना साउदर्नले काठमाडौं–ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सुरु


२७ चैत्र २०८१, बिहिबार  

66
Shares

काठमाडौं । चाइना साउदर्न एयरलाइन्सले नेपाल–चीन हवाई सेवा विस्तार गर्ने घोषणा गरेको छ। कम्पनीले यही अप्रिल १० देखि काठमाडौँ–ग्वाङ्झाउ मार्गमा रात्रिकालीन उडान पुनः सुरु गर्ने भएको हो।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै आगामी अप्रिलदेखि अक्टोबरसम्मका लागि उडान तालिका समायोजन गरिएको जानकारी दिएको छ। नयाँ तालिकाअनुसार काठमाडौँबाट ग्वाङ्झाउका लागि दैनिक राति ११:३० बजे रात्रिकालीन उडान हुनेछ।

त्यस्तै, दिउँसो हुने उडानको समय पनि परिमार्जन गरिएको छ। अब दिउँसोको उडान १२:५० बजे हुनेछ।

तालिका अनुसार दिउँसोको उडान यसरी हुनेछ: अप्रिल १० – मे महिनासम्म : आइतबार, सोमबार, बुधवार र बिहीबार, जुन – अगस्टसम्म : आइतबार र बिहीबार मात्र र सेप्टेम्बरमा अक्टोबरसम्म : दैनिक सञ्चालन हुनेछन् |

चाइना साउदर्नले सो अवधिमा उडान संख्या मात्र नभई सिट क्षमतामा पनि वृद्धि गर्ने जनाएको छ। कम्पनीका अनुसार काठमाडौँ–ग्वाङ्झाउ मार्गमा ४५ हजार सिट र ग्वाङ्झाउ–काठमाडौँ मार्गमा ४६ हजारभन्दा बढी सिट उपलब्ध हुनेछन्।

गत वर्षको तुलनामा यो क्रमशः १६.५ प्रतिशत (६ हजार सिट) र ३९.९ प्रतिशत (१३ हजार सिट) बढी हो। एयरलाइन्सले सेवा विस्तारको उद्देश्य नेपाल–चीनबीचको व्यापार, पर्यटन र सांस्कृतिक सम्बन्धलाई थप बल दिनु रहेको जनाएको छ। साथै, यो कार्यक्रम नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव र चीन–नेपाल पर्यटन वर्षको अवसरमा गरिएको बताइएको छ।

“चाइना साउदर्न एयरलाइन्स दुई देशबीचको परस्पर सहयोग र सम्बन्ध सुदृढ पार्न प्रतिबद्ध छ,” विज्ञप्तिमा उल्लेख छ, “यसले यात्रुहरूलाई सहज, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्नुका साथै, नेपाल पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ६ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर