६ बैशाख २०८३, आइतबार । April 19, 2026

आगोमा बल्यो जयगढः २७ घर खरानी, ७ करोड बढीको क्षति


२६ चैत्र २०८१, बुधबार  

66
Shares

अछाम । बान्निगढी जयगढ गाउँपालिका–स्थित जयगढ बजारमा गएरातिको भीषण आगलागीले स्थानीय बासिन्दाको जनजीवन अस्तव्यस्त बनाएको छ।

आइएमई केन्द्रमा रहेको ग्यास सिलिण्डर विष्फोटसँगै फैलिएको आगोले बजार क्षेत्र पूर्णरूपमा सखाप पार्दा २७ घर जलेर नष्ट भएका छन्। तीमध्ये ११ घरमा स्थानीय व्यापारीहरूले विभिन्न प्रकारका पसल सञ्चालन गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आगलागीबाट प्रारम्भिक अनुमानमा सात करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।

पीडितहरूबाट क्षतिको विस्तृत विवरण छिट्टै सङ्कलन गरिने समेत प्रहरीले जनाएको छ । स्थानीय सुरक्षा निकाय, नेपाली सेना, सशस्त्र प्रहरी र जनसहभागितामार्फत आगो नियन्त्रणमा लिइए पनि क्षति ठूलो भएको बताइएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  १० : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित