२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

नारायणीमा दर्दनाक घटनाः चप्पल टिप्न खोज्दा दिदीभाइ बेपत्ता


२६ चैत्र २०८१, बुधबार  

147
Shares

नवलपरासी । नारायणी नदीमा डुबेर गैँडाकोट–१ का दुई बालबालिका दिदीभाइ बेपत्ता भएका छन्।

गैँडाकोटस्थित ब्रिटिस क्याम्प नजिकै सोमबार बेलुका सो हृदयविदारक घटना भएको हो। १३ वर्षीया दीक्षा सेर्पुञ्जा र उनका ९ वर्षीय भाइ स्वप्निल सेर्पुञ्जा घर नजिकैको नारायणी नदीमा हजुरआमा सुनमाया कुमालसँग गएका थिए। फर्कने क्रममा हजुरआमाको चप्पल नदीमा बग्दा बालक स्वप्निल चप्पल लिन नदीमा पसेका थिए।

उनलाई बचाउने प्रयासमा दीक्षा पनि नदीमा हाम फालेकी थिइन्। दुबै जना त्यसपछि बेपत्ता भएका हुन्। इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख, प्रहरी नायब निरीक्षक सानुकाजी विष्टका अनुसार घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

यद्यपि, प्रहरीसँग आफ्नै गोताखोर टोली नभएकाले मंगलबार बिहानदेखि खोजी कार्यलाई तीव्रता दिइएको छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा बेपत्ता बालबालिकाको खोजी जारी रहेको छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ६ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ