२ माघ २०८२, बिहिबार । January 16, 2026

नारायणीमा दर्दनाक घटनाः चप्पल टिप्न खोज्दा दिदीभाइ बेपत्ता



नवलपरासी । नारायणी नदीमा डुबेर गैँडाकोट–१ का दुई बालबालिका दिदीभाइ बेपत्ता भएका छन्।

गैँडाकोटस्थित ब्रिटिस क्याम्प नजिकै सोमबार बेलुका सो हृदयविदारक घटना भएको हो। १३ वर्षीया दीक्षा सेर्पुञ्जा र उनका ९ वर्षीय भाइ स्वप्निल सेर्पुञ्जा घर नजिकैको नारायणी नदीमा हजुरआमा सुनमाया कुमालसँग गएका थिए। फर्कने क्रममा हजुरआमाको चप्पल नदीमा बग्दा बालक स्वप्निल चप्पल लिन नदीमा पसेका थिए।

उनलाई बचाउने प्रयासमा दीक्षा पनि नदीमा हाम फालेकी थिइन्। दुबै जना त्यसपछि बेपत्ता भएका हुन्। इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख, प्रहरी नायब निरीक्षक सानुकाजी विष्टका अनुसार घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

यद्यपि, प्रहरीसँग आफ्नै गोताखोर टोली नभएकाले मंगलबार बिहानदेखि खोजी कार्यलाई तीव्रता दिइएको छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा बेपत्ता बालबालिकाको खोजी जारी रहेको छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ६ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले