२८ फाल्गुन २०८२, बिहिबार । March 12, 2026

काठमाडौंको पुनरागमन: बुटवलमाथि संकटकालीन जित, प्लेअफ ढोका खुल्ला


२६ चैत्र २०८१, बुधबार  

39
Shares

काठमाडौं । एकदमै दबाबपूर्ण अवस्थामा रहेको काठमाडौं रेजर्सले मंगलबार बुटवल लुम्बिनी एफसीमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै तेस्रो नेपाल सुपर लिग (एनएसएल) मा आफ्नो प्लेअफको ढोका खुला राख्न सफल भएको छ।

खेल दुवै टिमका लागि ‘गर या मर’ को स्थितिमा थियो। जितविहीन यात्राबाट माथि उठ्न र अन्तिम चारमा पुग्ने सम्भावना कायम राख्न दुवै टोली मैदानमा उत्रिएका थिए। तर, खेलको निर्णायक क्षणमा चम्किएका अमादोउ डियोपले खेल सकिन एक मिनेट बाँकी रहँदै गरेको उत्कृष्ट गोलले काठमाडौंलाई महत्वपूर्ण जित दिलाए।

भिन्सेन्ट कोजिएलोसँगको ‘वन टु’ पासमा डिबक्सबाहिरबाट डियोपले गरेको कडा प्रहारले बुटवलका गोलकिपरलाई छक्याउँदै जाली चुम्यो। यो डियोपको प्रतियोगिताको दोस्रो गोल हो, जसले काठमाडौंलाई पाँच अंकसहित तालिकाको तेस्रो स्थानमा पुर्यायो । खेलको टर्निङ प्वाइन्ट ७०औं मिनेटमा आयो, जब बुटवल लुम्बिनीका सुमन श्रेष्ठले काठमाडौंका एलिजो न एलिजोनोभमाथि गरेको उग्र फाउलका कारण सिधा रातो कार्ड पाए।

त्यसपछि १० खेलाडीमा झरेको बुटवलले रक्षात्मक खेल खेल्न बाध्य भयो। फाइदाको स्थितिमा पुगेपछि काठमाडौंले आक्रमणमा तीव्रता ल्यायो। ७६ र ७७औं मिनेटमा कोजिएलो र डियोपका प्रहार बुटवलका गोलरक्षक दीपकले रोके पनि ८९औं मिनेटमा भने उनी असहाय देखिए।

चार खेलपछि काठमाडौंले एक जित, दुई बराबरी र एक हारसहित ५ अंक बनाएको छ, भने बुटवल लुम्बिनी अझै पनि जितको खोजीमा छ-एक बराबरी र तीन हारसहित तालिकाको पुछारमा अडिएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ६ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по