१७ श्रावण २०८३, आइतबार । August 3, 2026

सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम घट्यो


२५ चैत्र २०८१, मंगलबार  

45
Shares

काठमाडौं । आजको सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ।

सोमबार ३२.४५ अंकले घटेको नेप्से परिसूचक आज १.७३ प्रतिशतले बढेर २६७१.८० विन्दुमा पुगेको हो। यद्यपि, कारोबार रकम सोमबारको तुलनामा घटेको देखिएको छ। यसदिन ३२१ स्क्रिप्सको १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता सेयर ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार ९९७ रुपैयाँमा खरिदबिक्री भएको हो।

अघिल्लो दिन सोमबार ५ अर्ब ६५ करोडको सेयर कारोबार भएको थियो। नेप्से परिसूचक सामान्य अंकले बढेपनि, तीन कम्पनीका सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। बोटलर्स नेपाल, विन नेपाल लघुवित्त वित्तीय संस्था र नेपाल माइक्रो फाइनान्स इन्स्योरेन्सका सेयर १० प्रतिशतले बढेका हुन्।

आजको कारोबार रकममा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो, जसको ५९ करोड १४ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो। हिमालयन रिइन्स्योरेन्सको ४० करोड मूल्य बराबरको सेयर कारोबार भएको छ, र नेपाल रिइन्स्योरेन्स, युनाइटेड मोदी हाइड्रोपावर, र राधी विद्युतका सेयर पनि क्रमशः २३ करोड, २१ करोड र १८ करोड मूल्यमा कारोबार भएका छन्।

त्यसैगरी, ६ समूहको उपसूचकमा वृद्धि देखिए पनि ७ वटामा नकारात्मक देखिएका छन्। कारोबारमा आएका १२१ स्टक्सको मूल्य बढ्दा १२३ स्टक्सको मूल्य घटेको जानकारी प्राप्त भएको छ।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ३ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर