१९ श्रावण २०८३, मंगलबार । August 4, 2026

मौसममा हल्का बदली, स्वास्थ्य सतर्कता आवश्यक


२५ चैत्र २०८१, मंगलबार  

180
Shares

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुले आंशिक प्रभाव जमाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम प्रायः सफा रहने अपेक्षा गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

साथै, ती प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपात पनि हुनसक्ने पूर्वानुमान गरिएको छ। अर्कोतर्फ, देशका अधिकांश क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा वायुमा सुख्खापन बढ्दो छ। यसका कारण आगलागी र वायु प्रदूषणको जोखिम समेत बढिरहेको महाशाखाले जनाएको छ।

स्वास्थ्य, कृषि, यातायात तथा जनजीवनमा असर पार्ने यस्ता अवस्था र सम्भावित खतराबाट जोगिन महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ६ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर