६ बैशाख २०८३, आइतबार । April 19, 2026

आईपीएलमा बेंगलुरुको धमाकेदार जितः मुम्बई इन्डियन्स १२ रनले पराजित


२५ चैत्र २०८१, मंगलबार  

48
Shares

एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुले मुम्बई इन्डियन्समाथि १२ रनको रोमाञ्चक जित हात पार्दै प्रतियोगिताको तेस्रो जित दर्ता गरेको छ।

सोमबार राति सम्पन्न खेलमा बेंगलुरुले दिएको २२२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मुम्बई २० ओभरमा ९ विकेट गुमाउँदै २०९ रनमै सीमित रह्यो। मुम्बईका लागि तिलक वर्मा र कप्तान हार्दिक पान्ड्याले पाँचौं विकेटका लागि ८९ रनको उल्लेखनीय साझेदारी गर्दै खेलमा आशा जगाएका थिए।

तिलकले २९ बलमा ५ छक्का र ३ चौकाको मद्दतमा ५६ रन बनाए भने हार्दिकले १५ बलमा आक्रामक ४२ रन जोडे। तर, अन्तिम २ ओभरमा २८ रन आवश्यक हुँदा हार्दिकको क्याचआउटपछि खेल मुम्बईको पकडबाट फुस्कियो। बेंगलुरुका लागि क्रुनाल पाण्ड्या स्टार बलर सावित भए। उनले अन्तिम ओभरमा २० रनको रक्षा गर्दै ३ विकेट लिएका थिए।

उनले कुल ४ ओभरमा ४५ रन खर्चेर ४ विकेट झारे। जोश हेजलवूड र यश दयालले समान २–२ विकेट लिए भने भुवनेश्वर कुमारले १ विकेट लिए। त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको बेंगलुरुले २० ओभरमा ५ विकेट गुमाउँदै २२१ रनको बलियो योगफल बनाएको थियो।

कप्तान रजत पाटिदारले जिम्मेवारीपूर्ण ६४ रन बनाउँदा विराट कोहलीले ६७ रनको उत्कृष्ट पारी खेले। जितेश शर्माले पनि १९ बलमा नटआउट ४० रनको योगदान दिए भने देवदत्त पडिक्कलले ३७ रन बनाए। मुम्बईका लागि हार्दिक पान्ड्या र ट्रेन्ट बोल्टले समान २–२ विकेट लिए भने विग्नेश पुथुरले १ विकेट लिएका थिए।

यो जितसँगै बेंगलुरुले ४ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। उता, ५ खेल खेलेको मुम्बईले मात्र २ अंक जोड्न सकेको छ र तालिकाको आठौं स्थानमा छ।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ६ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित