५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

लुम्बिनीमा पिकअप भ्यान दुर्घटनाः दुईको मृत्यु, २२ जना घाइते



रुपन्देही । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ अन्तर्गत भरवलिया गाउँमा सोमबार साँझ एक पिकअप भ्यान दुर्घटनामा पर्दा दुई जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन्।

दुर्घटनामा एक १२ वर्षीया बालिका र एक ४८ वर्षीया महिला मारिएका छन्। शिवगढिया मोड नजिक लु१च २७६३ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई पल्टिँदा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी जानमती यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ।

घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पतालमा र १९ जनाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ। दुर्घटनाको प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार तीव्र गतिमा रहेको पिकअप भ्यान मोडमा अनियन्त्रित भई पल्टिएको थियो।

भ्यानमा सवार २४ जना यात्रु लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्किंदै थिए। प्रहरीका अनुसार उक्त पिकअप भ्यान सामान ढुवानीका लागि प्रयोग गरिने सवारी भए पनि क्षमताभन्दा धेरै यात्रु बोकेको कारण दुर्घटना भएको हो। घटनापछि सवारी चालक कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका–४ बिठुवाका २६ वर्षीय अशोक पासीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

अत्यधिक भारका कारण सन्तुलन गुमाएर भ्यान पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डा.गुणाकर भट्ट गभर्नर बन्ने पक्का, कार्यकारी निर्देशकबाट दिए राजीनामा

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले

दाङमा भारतीय पर्यटक बोकेको बस दुर्घटनाः २१ जना घाइते

दाङ । भारतको लखनउबाट पर्यटकीय भ्रमणका लागि पोखरा जाँदै गरेको

सुनको चमकमा हल्का ओझ-आजको बजार मूल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरूपमा घटेको छ।

सुन कमजोर, चाँदी बलियो !

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा सामान्य गिरावट

गभर्नरमा डा.गुणाकर भट्ट ! चुनौतीपूर्ण अर्थतन्त्रमा विश्वासिलो हात

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि सत्तारूढ गठबन्धन