२ माघ २०८२, बिहिबार । January 16, 2026

साता सुरूमै सेयर बजारमा ३२ अंकको गिरावट, ५ अर्बको कारोबार



काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) मा भारी गिरावट आएको छ ।

आज नेप्से ३२ दशमलव ३५ अंकले घट्दै २६७० दशमलव ९४ मा पुगेको छ । बजार खुलेको केही समय सामान्य वृद्धि देखिए पनि अन्त्यसम्म आइपुग्दा तीव्र गिरावट आएको हो। सोमबार २२१ वटा कम्पनीको सेयर मूल्य घट्दा लगानीकर्ताले ठूलो नोक्सानी व्यहोर्नुपर्‍यो। यद्यपि बजार समग्रमा ओरालो लागे पनि २३ कम्पनीका लगानीकर्ताले भने मुनाफा कमाए।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ६० रुपैयाँले उकालो लागेर सबैभन्दा धेरै वृद्धि भएको हो। यो दिन कुल ५ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार सम्पन्न भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ३ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले