२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

काठमाडौं महानगरपालिकामा तलब निकासा सुरुः रोकिएको तलब एकमुष्ट वितरण



काठमाडौं । लामो समयदेखि रोकिएको काठमाडौं महानगरपालिकाका कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिको तलब एकमुष्ट रूपमा वितरण गर्न सुरु गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको पुनः कार्यभार सम्हालेसँगै तलब निकासाको प्रक्रिया अघि बढेको हो। प्रशासन नेतृत्वविहीन हुँदा ४ हजारभन्दा बढी शिक्षक तथा कर्मचारीहरू महिनौंसम्म तलबविहीन बनेका थिए। शिक्षकहरूको पाँच महिनाको र कर्मचारीहरूको तीन महिनाको (चैतसम्म) तलब रोकिएको थियो। गुरागाईंले बिहीबार कार्यलयमा हाजिर गरेसँगै तलबलाई पहिलो प्राथमिकतामा राख्दै निकासा प्रक्रिया सुरु गरे।

महानगरमा स्थायी, करार, दोहोरो हाजिर र ज्यालादारीसहित ४ हजारभन्दा बढी जनशक्ति कार्यरत छन्, जसमा १७ सयभन्दा बढी शिक्षक मात्र रहेका छन्। सबैलाई चैत मसान्तसम्मको बक्यौता तलब वितरण गरिँदैछ। प्रत्येक महिनाको तलबका लागि काठमाडौं महानगरले करिब साढे १२ करोड रूपैयाँ खर्च गर्दै आएको छ।

यो पटक एकमुष्ट रूपमा चैतसम्मको तलब वितरण गर्न झण्डै ४० करोड रुपैयाँ खर्च लागेको काफ्लेले जानकारी दिए। सूचना अनुसार, महानगर प्रमुख बालेन्द्र साहको तलबसमेत निकासा भइसकेको छ।

उनले पनि अन्य जनप्रतिनिधिहरूसँगै माघ यतादेखिको तलब प्राप्त गरेका छन्।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ३ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको