४ आश्विन २०८३, आइतबार । September 20, 2026

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइने, थुनामा पठाउने प्रक्रिया सुरु


२४ चैत्र २०८१, सोमबार  

90
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति र निलम्बित सांसद रवि लामिछानेलाई आज (सोमबार) अदालतमा उपस्थित गराइने प्रक्रिया सुरु भएको छ।

शुक्रबार राति काठमाडौंबाट पक्राउ गरिएका लामिछानेलाई भैरहवा लगेर रूपन्देही प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउने छ। अदालतमा प्रक्रिया पूरा गरेपछि उनलाई थुनामा पठाइने छ। बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले दिएको आदेश उल्ट्याउँदै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो।

पहिले जिल्ला अदालतले लामिछानेलाई एक करोड धरौटीमा छुटाउन आदेश दिएको थियो, जुन आदेश उच्च अदालतले बदर गर्दै साधारण तारेखमा छुट्ने मागलाई अस्वीकार गर्‍यो। त्यसपछि उनलाई काठमाडौंको हात्तीगौंडास्थित निवासबाट पक्राउ गरी रूपन्देही पठाइएको थियो।

शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले लामिछाने जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका थिए, र अब उनले मुद्दाको फैसला नहुन्जेल कारागारमा बस्ने छन्।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ८ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली