१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

एनएसएलः चितवन र झापा बिचको रोमाञ्चक भिडन्त बराबरीमा समाप्त


२४ चैत्र २०८१, सोमबार  

24
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आइतबार दशरथ रंगशालामा भएको रोमाञ्चक खेलमा चितवन एफसी र झापा फुटबल क्लबले १–१ को बराबरी खेलेका छन्।

खेलको अन्तिम समयमा आएको पेनाल्टी गोलले चितवनलाई लगातार तेस्रो जितबाट रोक्दै झापाले मूल्यवान एक अंक सुरक्षित गरेको हो। पहिलो हाफमा चितवनले आक्रामक खेल प्रदर्शन गर्दै २८औं मिनेटमा टोरिक जेब्रिनको गोलमार्फत अग्रता लिएको थियो। शिशिर लेखीको पासमा जेब्रिनले नजिकबाट गोल गर्दै चितवनलाई अग्रता दिलाएका थिए। त्यो गोलसँगै चितवन सहज रूपमा खेल नियन्त्रणमा लिँदै जिततर्फ अग्रसर देखिएको थियो।

तर, इन्जुरी समयको पहिलो मिनेटमा निर्णायक मोड आयो। झापाका आरन थापा डिबक्समा नीरज चौधरीद्वारा लडाउन पुगेपछि रेफ्री कविन व्यञ्जनकारले पेनाल्टीको संकेत गरे। त्यस अवसरलाई झापाका विदेशी खेलाडी अल्हाजी गेरोले सदुपयोग गर्दै पेनाल्टीमार्फत बराबरी गोल गरे। यो गोल झापाको लिगमा हालसम्मको पहिलो गोल पनि हो।

पहिलो हाफको पाँचौं मिनेटमै चितवनका भिक्टर मानसारेको प्रहार झापाका गोलकिपर अन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरे। त्यसपछि शिशिर लेखीको प्रहार पोस्टमा लाग्दा चितवनले अग्रता दोब्बर बनाउने अवसर गुमायो। झापा पनि केही अवसरहरू सिर्जना गर्न सफल भयो तर चितवनका गोलरक्षक अमाई नाइटको प्रदर्शनले पहिलो हाफसम्म झापा गोलविहीन रह्यो।

दोस्रो हाफमा चितवनले थप आक्रमणकारी खेल प्रस्तुत गरे पनि झापाका गोलरक्षक अन्जल श्रेष्ठले गोल हुन दिएनन्। निर्धारित समय सकिन एक मिनेटअघि झापाका अर्सिक लाजारको फ्रिकिकमा आएको बल पोस्टमा लागेर बाहिरिएको थियो, जसले चितवनको जित झनै पक्का देखिएको थियो। तर त्यसपछि गेरोको पेनाल्टीले खेल बराबरीमा टुंगियो।

चितवनले यसअघि पोखरा थन्डर्सलाई २–० र बुटवल लुम्बिनीलाई १–० ले हराउँदै उत्कृष्ट प्रदर्शन गरेको थियो। उता झापाले लगातार तीन खेल बराबरी खेलेको छ—पहिलो खेलमा बुटवलसँग, दोस्रोमा काठमाडौंसँग र अब चितवनसँग १–१ को बराबरी।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ६ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली