७ बैशाख २०८२, आइतबार । April 20, 2025

एनएसएलः चितवन र झापा बिचको रोमाञ्चक भिडन्त बराबरीमा समाप्त



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आइतबार दशरथ रंगशालामा भएको रोमाञ्चक खेलमा चितवन एफसी र झापा फुटबल क्लबले १–१ को बराबरी खेलेका छन्।

खेलको अन्तिम समयमा आएको पेनाल्टी गोलले चितवनलाई लगातार तेस्रो जितबाट रोक्दै झापाले मूल्यवान एक अंक सुरक्षित गरेको हो। पहिलो हाफमा चितवनले आक्रामक खेल प्रदर्शन गर्दै २८औं मिनेटमा टोरिक जेब्रिनको गोलमार्फत अग्रता लिएको थियो। शिशिर लेखीको पासमा जेब्रिनले नजिकबाट गोल गर्दै चितवनलाई अग्रता दिलाएका थिए। त्यो गोलसँगै चितवन सहज रूपमा खेल नियन्त्रणमा लिँदै जिततर्फ अग्रसर देखिएको थियो।

तर, इन्जुरी समयको पहिलो मिनेटमा निर्णायक मोड आयो। झापाका आरन थापा डिबक्समा नीरज चौधरीद्वारा लडाउन पुगेपछि रेफ्री कविन व्यञ्जनकारले पेनाल्टीको संकेत गरे। त्यस अवसरलाई झापाका विदेशी खेलाडी अल्हाजी गेरोले सदुपयोग गर्दै पेनाल्टीमार्फत बराबरी गोल गरे। यो गोल झापाको लिगमा हालसम्मको पहिलो गोल पनि हो।

पहिलो हाफको पाँचौं मिनेटमै चितवनका भिक्टर मानसारेको प्रहार झापाका गोलकिपर अन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरे। त्यसपछि शिशिर लेखीको प्रहार पोस्टमा लाग्दा चितवनले अग्रता दोब्बर बनाउने अवसर गुमायो। झापा पनि केही अवसरहरू सिर्जना गर्न सफल भयो तर चितवनका गोलरक्षक अमाई नाइटको प्रदर्शनले पहिलो हाफसम्म झापा गोलविहीन रह्यो।

दोस्रो हाफमा चितवनले थप आक्रमणकारी खेल प्रस्तुत गरे पनि झापाका गोलरक्षक अन्जल श्रेष्ठले गोल हुन दिएनन्। निर्धारित समय सकिन एक मिनेटअघि झापाका अर्सिक लाजारको फ्रिकिकमा आएको बल पोस्टमा लागेर बाहिरिएको थियो, जसले चितवनको जित झनै पक्का देखिएको थियो। तर त्यसपछि गेरोको पेनाल्टीले खेल बराबरीमा टुंगियो।

चितवनले यसअघि पोखरा थन्डर्सलाई २–० र बुटवल लुम्बिनीलाई १–० ले हराउँदै उत्कृष्ट प्रदर्शन गरेको थियो। उता झापाले लगातार तीन खेल बराबरी खेलेको छ—पहिलो खेलमा बुटवलसँग, दोस्रोमा काठमाडौंसँग र अब चितवनसँग १–१ को बराबरी।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ६ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लिङ्देनसहितका राप्रपा नेता केही घण्टामै रिहा

काठमाडौं । निषेधित क्षेत्र तोड्दै सिंहदरबारभित्र प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र

नेपालको डिजिटल यात्रामा ‘कस्तुरी आईटी होम’को बायोमेट्रिक क्रान्ति

काठमाडौं । डिजिटल युगमा प्रवेश गरिरहेको नेपाल आज सूचना प्रविधिलाई

२० मध्ये ९ बैंक घाटामा ! नाफा वृद्धिमा नेपाल बैंकको धमाका !

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय

एक्सन सुरु भयो, क्लाइम्याक्समा ब्रेक ! लिङ्देनसहितका नेता हिरासतमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार नयाँ बानेश्वरमा

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । नयाँ वर्षको सुरुआतमा निरन्तर उकालो लागेको नेप्से परिसूचक