२६ फाल्गुन २०८२, मंगलबार । March 11, 2026

आइपिएल २०२५ः गुजरातको प्रभावशाली जित


२४ चैत्र २०८१, सोमबार  

51
Shares

एजेन्सी । जारी इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत सोमबार भएको खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको तेस्रो जित हात पारेको छ।

यो जितसँगै गुजरात ६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर पहिले बलिङ रोजेको गुजरातले हैदराबादलाई २० ओभरमा ८ विकेटमा १५२ रनमै रोक्न सफल भयो। त्यसपछि १५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य सजिलै पूरा गर्‍यो। सुरुवातमा गुजरातको ब्याटिङ कमजोर देखिएको थियो। १६ रनमै ओपनर साई सुदर्शन (५ रन) र जोस बट्लर (० रन) आउट हुँदा टोली दवाबमा परेको थियो।

तर त्यसपछि कप्तान शुभमन गिल र वासिङ्टन सुन्दरले संयमित ब्याटिङ गर्दै तेस्रो विकेटका लागि ९० रनको महत्वपूर्ण साझेदारी गरे। वासिङ्टनले २९ बलमा ५ चौका र २ छक्का सहित ४९ रन बनाएर मोहम्मद सामीको बलमा आउट भए। शुभमन गिलले भने ३६ बलमा ७ चौकासहित अर्धशतक प्रहार गरे र अन्तिमसम्म अविजित रहँदै ६१ रन बनाए।

सेरफान रुथफोर्डले पनि आक्रामक रूपमा ३५ रनको नटआउट पारी खेले। पहिले ब्याटिङ गरेको हैदराबादले सुरुवातमै दुई ओपनर ट्राभिस हेड (८ रन) र अभिषेक शर्मा (१८ रन) सस्तोमा गुमायो। तेस्रो विकेटका रूपमा इशान किशन पनि १७ रनमा आउट भएपछि टोली दबाबमा आयो। यसपछि हेनरिक क्लासेन (२७) र नितिश रेड्डी (३१) ले केही हदसम्म सम्हाल्ने प्रयास गरे पनि लगातार विकेट पतनको कारण टोलीले १५२ रनमै सिमित रहनुपर्‍यो।

कप्तान प्याट क्युमिन्सले भने अन्त्यतिर ९ बलमा २२ रन जोडेर टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए।गुजरातका लागि मोहम्मद शिराज सर्वश्रेष्ठ बलर साबित भए। उनले ४ ओभरमा मात्र १७ रन खर्चिएर ४ विकेट झारे। प्रसिद्ध कृष्ण र साई किशोरले समान २–२ विकेट लिए।

यो जितसँगै गुजरात टाइटन्सले चार खेलमा तेस्रो जित निकाल्दै ६ अंक जोडेको छ। लगातार चार हार बेहोरेको सनराइजर्स हैदराबाद भने पाँच खेलमा मात्र २ अंकसहित अंक तालिकाको पुछारमा छ, र उसको प्लेअफ यात्रा जटिल बनेको छ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ६ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по