४ आश्विन २०८३, आइतबार । September 20, 2026

नेपाली सेनाको लघुचलचित्र प्रतियोगितामा ‘उडान’ बन्यो प्रथम


२३ चैत्र २०८१, आइतबार  

45
Shares

काठमाडौं । नेपाली सेनाले आयोजना गरेको लघुचलचित्र प्रतियोगितामा यस वर्ष रबिन तामाङको “उडान” लघुचलचित्रले पहिलो स्थान प्राप्त गरेको छ। यो प्रतिस्पर्धामा ५० ओटा आलेखबाट उत्कृष्ट १० लघुचलचित्रहरू चयन भएका थिए।

२०८१ को नेपाली सेना लघुचलचित्र प्रतियोगितामा प्रमुख अतिथि र प्रधान सेनापति अशोकराज सिक्देलको उपस्थितिमा भएको पुरस्कार वितरण कार्यक्रममा “उडान”ले २ लाख नगद पुरस्कार सहित पहिलो स्थान हासिल गरेको हो। यसै प्रतियोगितामा रबिन तामाङको “कस्तुरी” लघुचलचित्रले २०७८ मा पहिलो स्थान जितेको थियो भने “डोल्मा” ले तेस्रो स्थान प्राप्त गरेको थियो।

“उडान” लघुचलचित्रको कथावस्तु एउटा जङ्गल र वन्यजन्तुको संरक्षणमा तैनाथ गरिएको सैनिक र निकुञ्ज आसपासको गाउँकी बालिकाको संघर्षलाई आधारित छ। यस लघुचलचित्रमा, बालिका निकुञ्जका जनावरहरूबाट आफ्ना बालीलाई बचाउन संघर्ष गर्दैछ, र यो संघर्ष र समाधानको बिवरणको माध्यमबाट कथालाई प्रस्तुत गरिएको छ।

चलचित्रमा बाल कलाकार सुपृम राईको अभिनयलाई विशेष तारिफ प्राप्त भएको छ, र अन्य कलाकारहरूको अभिनयमा मिस तामाङ रिया लामा, रमिला मोक्तान, सुनिता श्रेष्ठ, टोनि तामाङ, विकास थापा मगर, बिरबल घले, सुवास राई, र सुक्रराज मगर सामेल छन्।

“उडान” लघुचलचित्रको निर्माणमा ग्याल्जेन कृयसनको प्रस्तुति रहेको छ, छायांकन बिनोद बलले गरेका छन् भने कृयटिभ डाइरेक्शन बाबुराम निरौलाले गरेका छन्। प्रमुख सहायक निर्देशक अन्सुल डागी र पन्कज सार्की रहेका छन्। भरत महरले सेट डिजाइन गरेका हुन् र पोस्ट प्रोडक्सन रिमा फिल्मस्ले गरेको छ। सम्पादन मिराज अर्यालले गरेका छन् भने साउन्ड डिजाइन र पाश्र्व संगीत मनोज खड्काले प्रदान गरेका छन्।

यो पुरस्कार र लघुचलचित्र “उडान” नेपाली सिनेमा क्षेत्रमा एक नयाँ चरणको आरम्भ गर्न सक्षम भएको छ, जसले सशक्त सामाजिक सन्देश दिने प्रयास गरेको छ।

प्रकाशित मिति : २३ चैत्र २०८१, आइतबार  १२ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली