१० श्रावण २०८३, आइतबार । July 26, 2026

नेपालमा ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी’ अन्तर्राष्ट्रिय सम्मेलन सुरु, परराष्ट्रमन्त्री राणाले उद्घाटन गर्ने


२३ चैत्र २०८१, आइतबार  

9
Shares

काठमाडौँ। आगलागी जोखिम न्यूनीकरण र विद्युतीय सुरक्षा प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा आयोजित ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी’ अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ।

एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन (आप्सा नेपाल) द्वारा आयोजित यो सम्मेलन दरबारमार्गस्थित होटल याक एण्ड यति मा आज र भोलि दुई दिनसम्म सञ्चालन हुनेछ। सम्मेलनको उद्घाटन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गर्ने छिन् । कार्यक्रममा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ७५३ वटै स्थानीय तहका प्रतिनिधिहरू, उद्योग क्षेत्रका प्रमुख व्यक्तित्वहरू, र आगलागी तथा विद्युतीय सुरक्षा विशेषज्ञहरूको सहभागिता रहनेछ ।

चीन, भारत, जापान, दक्षिण कोरिया, थाइल्यान्ड, सिंगापुर, मलेसिया, श्रीलङ्का, भियतनाम, हङकङ, इन्डोनेसिया, मकाउ र फिलिपिन्सलगायत १४ देशका विशेषज्ञहरूले सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नेछन्। साथै, प्रविधि प्रदर्शनी र अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछ, जसले अन्तर्राष्ट्रिय अनुभव र उत्कृष्ट सुरक्षा अभ्यासहरूको साझा जानकारी दिने लक्ष्य राखेको छ। आप्सा नेपालका अध्यक्ष सुनिल कुमारका अनुसार, नेपालमा प्रत्येक वर्ष आगलागीबाट ठूलो जनधनको क्षति हुने भएकाले यस्ता सम्मेलनहरूको आयोजना अत्यन्तै आवश्यक रहेको छ।

उनले सम्मेलनले प्रविधिमैत्री समाधान र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे। कार्यक्रम निर्देशक सुरेश श्रेष्ठले सम्मेलनलाई सुरक्षा नीतिमा सुधार ल्याउने अवसरको रूपमा व्याख्या गर्दै नीति निर्माता, सुरक्षा निकाय, विज्ञ र निजी क्षेत्रबीच सहकार्यका नयाँ सम्भावनाहरू खोल्ने महत्त्वपूर्ण कदम भएको बताए। यो सम्मेलन नेपालको सुरक्षा प्रविधि, आगलागी न्यूनीकरण रणनीति र विद्युतीय सुरक्षा क्षमता सुदृढ बनाउन दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २३ चैत्र २०८१, आइतबार  ११ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर