२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

नारायणगढ-बुटवल सडक

दाउन्ने क्षेत्रमा सवारी आवागमन रोक, सडक विस्तारमा तीव्रता


२३ चैत्र २०८१, आइतबार  

90
Shares

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तार कार्यलाई तीव्रता दिन सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको छ।

शनिबार दाउन्नेमा भएको बैठकमा नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाले यो निर्णय गरेका हुन्। सडक विस्तार कार्यको क्रममा, दाउन्ने क्षेत्रमा यस वर्षको चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म तथा २०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म राति ११ बजे देखि बिहान ५ बजे सम्म अत्यावश्यक सवारी बाहेक अन्य सवारीका लागि सडक बन्द गरिने भएको छ।

विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीका अनुसार, दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आवश्यक मर्मतसम्भार र भित्तातर्फ कटिङ कार्यलाई वर्षाअगावै सम्पन्न गर्नका लागि दैनिक केही घण्टा सवारी बन्द गरेर काम गर्नुपर्ने आवश्यकता छ। सडक विस्तारको लागि डाइभर्सन र अस्थायी संरचनाहरू बनाए पनि, दाउन्ने क्षेत्रमा सडकको उबड-खाबड र साँघुरा घुम्तीका कारण यात्रुहरूको यात्रा कष्टकर बनिरहेको छ।

हालै भत्काइएका संरचनाहरूको पुनर्निर्माण नगरी, यात्रुहरूलाई अझै पनि समस्यामा पारिएको छ। नारायणगढ–बुटवल सडकको ६५ किलोमिटर खण्डको १४ किलोमिटरमा तीन लेनको सडक विस्तारको काम भइरहेको छ, जसका लागि रु १७ अर्बको लागत अनुमान गरिएको छ।

निर्धारित समयमा कार्य सम्पन्न नभएपछि, निर्माण म्याद तेस्रोपटक २०८२ साउनसम्म थप गरिएको छ।

प्रकाशित मिति : २३ चैत्र २०८१, आइतबार  १० : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ