५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

आईपीएलमा दिल्लीको अपराजित यात्रा कायमै, चेन्नई २५ रनले पराजित



एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा दिल्ली क्यापिटल्सले आफ्नो अपराजित यात्रा कायम राख्दै शनिबार चेन्नई सुपर किङ्सलाई २५ रनले पराजित गरेको छ।

यो दिल्लीको लगातार तेस्रो जित हो। पहिले ब्याटिङ गर्दै दिल्लीले ६ विकेटको क्षतिमा १८३ रनको चुनौतीपूर्ण स्कोर खडा गर्‍यो। ओपनर केएल राहुलले ५१ बलमा ७७ रनको उत्कृष्ट पारी खेले, जसमा ६ चौका र ३ छक्का समावेश थिए। अभिषेक पोरेलले ३३ तथा ट्रिस्टन स्टब्सले २४ रनमा अविजित योगदान दिए।

चेन्नईका बलरहरूमध्ये खलील अहमदले सबैभन्दा प्रभावशाली प्रदर्शन गर्दै ४ ओभरमा २५ रन खर्चिएर २ विकेट लिए। जडेजा, नूर अहमद र पथिरानाले समान १-१ विकेट हात पारे। १८४ रनको लक्ष्य पछ्याउन उत्रिएको चेन्नईले ५ विकेट गुमाउँदै १५८ रन मात्र बनाउन सक्यो। विजय शंकरले ६९ रनमा अविजित रहँदा एमएस धोनी २५ रनमै टिके। तर जितसम्म पुग्न सकेनन्।

दिल्लीका बलरहरूमध्ये विपराज निगमले २ विकेट लिए भने मिचेल स्टार्क, मुकेश कुमार र कुलदीप यादवले १-१ विकेट झारे। यस जितसँगै दिल्लीले ३ खेलमा ६ अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।

चेन्नई भने ४ खेलपछि केवल २ अंकका साथ आठौं स्थानमा सीमित रहेको छ।

प्रकाशित मिति : २३ चैत्र २०८१, आइतबार  ८ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डा.गुणाकर भट्ट गभर्नर बन्ने पक्का, कार्यकारी निर्देशकबाट दिए राजीनामा

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले

दाङमा भारतीय पर्यटक बोकेको बस दुर्घटनाः २१ जना घाइते

दाङ । भारतको लखनउबाट पर्यटकीय भ्रमणका लागि पोखरा जाँदै गरेको

सुनको चमकमा हल्का ओझ-आजको बजार मूल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरूपमा घटेको छ।

सुन कमजोर, चाँदी बलियो !

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा सामान्य गिरावट

गभर्नरमा डा.गुणाकर भट्ट ! चुनौतीपूर्ण अर्थतन्त्रमा विश्वासिलो हात

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि सत्तारूढ गठबन्धन