११ श्रावण २०८३, सोमबार । July 27, 2026

आईपीएलमा दिल्लीको अपराजित यात्रा कायमै, चेन्नई २५ रनले पराजित


२३ चैत्र २०८१, आइतबार  

48
Shares

एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा दिल्ली क्यापिटल्सले आफ्नो अपराजित यात्रा कायम राख्दै शनिबार चेन्नई सुपर किङ्सलाई २५ रनले पराजित गरेको छ।

यो दिल्लीको लगातार तेस्रो जित हो। पहिले ब्याटिङ गर्दै दिल्लीले ६ विकेटको क्षतिमा १८३ रनको चुनौतीपूर्ण स्कोर खडा गर्‍यो। ओपनर केएल राहुलले ५१ बलमा ७७ रनको उत्कृष्ट पारी खेले, जसमा ६ चौका र ३ छक्का समावेश थिए। अभिषेक पोरेलले ३३ तथा ट्रिस्टन स्टब्सले २४ रनमा अविजित योगदान दिए।

चेन्नईका बलरहरूमध्ये खलील अहमदले सबैभन्दा प्रभावशाली प्रदर्शन गर्दै ४ ओभरमा २५ रन खर्चिएर २ विकेट लिए। जडेजा, नूर अहमद र पथिरानाले समान १-१ विकेट हात पारे। १८४ रनको लक्ष्य पछ्याउन उत्रिएको चेन्नईले ५ विकेट गुमाउँदै १५८ रन मात्र बनाउन सक्यो। विजय शंकरले ६९ रनमा अविजित रहँदा एमएस धोनी २५ रनमै टिके। तर जितसम्म पुग्न सकेनन्।

दिल्लीका बलरहरूमध्ये विपराज निगमले २ विकेट लिए भने मिचेल स्टार्क, मुकेश कुमार र कुलदीप यादवले १-१ विकेट झारे। यस जितसँगै दिल्लीले ३ खेलमा ६ अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।

चेन्नई भने ४ खेलपछि केवल २ अंकका साथ आठौं स्थानमा सीमित रहेको छ।

प्रकाशित मिति : २३ चैत्र २०८१, आइतबार  ८ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर