२ माघ २०८२, बिहिबार । January 16, 2026

देशभर आंशिक बदली, हल्का वर्षाको सम्भावना



काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुले आंशिक प्रभाव पारेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहे पनि बाँकी अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी र कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइसकेको छ। आइतबार कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा समेत यस्तो हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ। तर अधिकांश भू-भागमा वर्षाको सम्भावना न्यून रहेकोले मौसम सुख्खा रहनेछ, जसले गर्दा वायु प्रदूषण, आगलागी, र जनस्वास्थ्यमा असर पार्न सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २३ चैत्र २०८१, आइतबार  ८ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले