२ माघ २०८२, बिहिबार । January 16, 2026

काठमाडौंमा वायु प्रदूषण खतराको तहमा, सतर्क रहन आग्रह



काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण एकसाता यता अति अस्वस्थकर अवस्थामा पुगेको छ।

आइतबार बिहान ‘आईक्यू एअर’ले गरेको मापनअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) २११ पुगेको छ, जुन मानकअनुसार अत्यन्त अस्वस्थकर श्रेणीमा पर्छ। विश्वका अत्यधिक प्रदूषित शहरहरूमा काठमाडौं दोस्रो स्थानमा परेको छ, जहाँ भारतको दिल्ली २९० एक्यूआईसहित पहिलो स्थानमा छ।

तेस्रो स्थानमा भने पाकिस्तानको लाहोर १९९ एक्यूआईका साथ परेको छ। पछिल्लो समय वर्षा नहुनु, डढेलोबाट फैलिएको धुवाँ र धुलोका कारण उपत्यकाको आकाशमा प्रदूषणको मात्रा झनै बढेको जनाइएको छ। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार ०–५० बीचको एक्यूआई मात्र स्वास्थ्यका लागि सुरक्षित मानिन्छ।

तर काठमाडौंको स्थिति निकै चिन्ताजनक बनेपछि स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन नागरिकहरूलाई आग्रह गरेको छ। अनावश्यक रूपमा घर बाहिर ननिस्कन, र बाहिर निस्कनै परेमा मास्कको प्रयोग अनिवार्य गर्न सुझाव दिइएको छ।

प्रकाशित मिति : २३ चैत्र २०८१, आइतबार  ८ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले