५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

अर्घाखाँचीमा जिप दुर्घटना : दुईको मृत्यु, दुई घाइते



अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–३ ढुंगाडेमा जिप दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका छन्।

गएराति लु २ च २९९० नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा मालारानी–४ निवासी २२ वर्षीय चालक दिलीप खनाल र सवार बालकृष्ण रिजालको मृत्यु भएको पुष्टि गरिएको छ। साथै, घटनामा थप दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ चैत्र २०८१, आइतबार  ८ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गभर्नर दौडमा डा. भट्ट अगाडि, रोक्न अदालतको बाटो रोजियो !

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा डा. गुणाकर

अब दर्ता नगरे फेसबुक चल्दैन ! मन्त्री गुरुङले दिए प्रतिबन्धको संकेत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक

डा.गुणाकर भट्ट गभर्नर बन्ने पक्का, कार्यकारी निर्देशकबाट दिए राजीनामा

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले

दाङमा भारतीय पर्यटक बोकेको बस दुर्घटनाः २१ जना घाइते

दाङ । भारतको लखनउबाट पर्यटकीय भ्रमणका लागि पोखरा जाँदै गरेको

सुनको चमकमा हल्का ओझ-आजको बजार मूल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरूपमा घटेको छ।