३ जेष्ठ २०८२, शुक्रबार । May 16, 2025

लेखक वज्राचार्यद्वारा लेखिएको पुस्तक ‘स्तूप र चैत्य’ परिमार्जनसहित पुनः प्रकाशित



काठमाडौं -लेखक सुमति वज्राचार्यद्वारा लेखिएको पुस्तक ’स्तूप र चैत्य’ पुनः परिमार्जनसहित पुनः प्रकाशित भएको छ ।

यो पुस्तकले काठमाडौं उपत्यकाका प्राचीन चैत्य तथा स्तूपहरूको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वमाथि विस्तृत अध्ययन प्रस्तुत गरेको छ । यो पुस्तकको पहिलो संस्करण १७ वर्षअघि प्रकाशित भएको थियो । पुस्तकको खेन्पो ग्युर्मे छुल्ठ्रिम, डा. गौतमवीर वज्राचार्य र लेखक वज्राचार्यले संयुक्तरुपमा विमोचन गरेका थिए ।

विगतमा पनि पुस्तकमा समावेश जानकारी र अनुसन्धानको उच्च प्रशंसा भएको थियो । पुस्तकको लोकप्रियता र यसले पुरातन सम्पदाको संरक्षणमा पु¥याएको योगदानको कारणले पुनः प्रकाशनको आवश्यकता महशुस गर्दै मुगुम पब्लिकेसन प्रा.लि.ले यो पुस्तकलाई फेरि पाठकमाझ ल्याएको हो ।

नयाँ संस्करणमा पुरातात्विक अनुसन्धानका पछिल्ला तथ्य, केही नयाँ फोटोग्राफहरू र कतिपय जानकारी परिमार्जन गरी समावेश गरिएको छ । पुस्तकले काठमाडौंका प्राचीन चैत्य तथा स्तूपहरूको अध्ययनमा थप सघाउ पु¥याउने विश्वास मुगुम पब्लिकेसनले लिएको छ ।

पुस्तकको पुनः प्रकाशनले काठमाडौँको बौद्ध सांस्कृतिक र पुरातात्विक सम्पदाहरुको अध्ययनमा चासो राख्ने अनुसन्धानकर्ताहरू, विद्यार्थीहरू र आम पाठकहरूलाई महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  १० : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महीला टी-२० विश्वकप छनोटः नेपाली महिला टिम सुपर-३ मा

काठमाडौं । थाइल्यान्डमा जारी आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट

खुर्पा प्रहार गरि बुबाद्वारा छोरी र भतिजाको हत्या

चितवन । चितवनको भरतपुर महानगरपालिका–२५ स्थित शुक्रनगरमा एक दर्दनाक पारिवारिक

ह्वात्तै बढ्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ छोएको

सगरमाथा संवाद प्रारम्भ: जलवायु परिवर्तन, हिमाल र मानवको भविष्यबारे अन्तर्राष्ट्रिय बहस

काठमाडौं । काठमाडौंमा आजदेखि ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’

‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशव्यापी प्रदर्शनमा

काठमाडौं । निर्देशक दिपेन्द्र के. खनालको बहुप्रतीक्षित सामाजिक चलचित्र ‘के