५ बैशाख २०८३, शनिबार । April 19, 2026

डुम्रे–बेँसीसहर सडकखण्डमा बस दुर्घटना : २० यात्रु घाइते, चालक फरार


२१ चैत्र २०८१, शुक्रबार  

48
Shares

तनहुँ । तनहुँको डुम्रे–बेँसीसहर सडकखण्डमा शुक्रबार भएको बस दुर्घटनामा २० जना यात्रु घाइते भएका छन्।

डुम्रे बजारबाट लमजुङको बेँसीसहरतर्फ जाँदै गरेको ग१ख ६४९८ नम्बरको बस भानु नगरपालिका–१ स्थित मोहरियामा अनियन्त्रित भई पल्टिएको हो। घटनापछि उद्दार गरिएको २० यात्रुमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई चितवन मेडिकल कलेजमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

बाँकी १६ जना घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पताल र मोती मेडिकलमा उपचार भइरहेको छ। घटनामा संलग्न बस कालिका बस व्यवसायी समितिबाट सञ्चालित रहेको प्रहरीले पुष्टि गरेको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ८ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित