२ माघ २०८२, बिहिबार । January 16, 2026

ओली र मोदीबीच ४५ मिनेटको भेट, ‘सकारात्मक संवाद’ भएको ओलीको दाबी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटलाई सकारात्मक र फलदायी भएको बताएका छन्।

थाइल्याण्डको बैंककस्थित होटल माडारिन ओरियन्टलमा बिहीबार दुई प्रधानमन्त्रीबीच करिब ४५ मिनेट एक्लाएक्लै वार्ता भएको थियो। भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, “मोदीजीसँगको संवाद राम्रो र सकारात्मक भयो, अहिलेलाई यत्ति मात्रै भन्न चाहन्छु।” उनीहरूबीचको यो भेट बिम्स्टेकको छैटौँ शिखर सम्मेलनको समापनपछि पूर्वनिर्धारित तालिकाअनुसार सम्पन्न भएको हो।

यसअघि ओली र मोदीबीच संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन गएको बेला असोज ७ गते अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको थियो।

प्रधानमन्त्री ओली र मोदीबीचको पछिल्लो भेटलाई क्षेत्रीय सहकार्य र द्विपक्षीय सम्बन्ध मजबुत पार्ने अवसरका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ४ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले