२ माघ २०८२, बिहिबार । January 16, 2026

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पदमुक्त



काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई संवैधानिक अदालतले महाभियोग सदर गर्दै पदमुक्त गरेको छ। सैनिक ‘कू’ गर्ने घोषणाका कारण उनलाई महाभियोग लगाइएको थियो, र शुक्रबार अदालतको निर्णयपछि उनी पदबाट हटािएका छन्।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार, संवैधानिक अदालतका आठ सदस्यहरूले एकमत रायमा योलमाथिको महाभियोग सदर गर्दै पदमुक्त गर्ने निर्णय दिएका थिए। यस निर्णयसँगै, दक्षिण कोरियामा आगामी ६० दिन भित्र नयाँ राष्ट्रपति चयन गर्नको लागि आम निर्वाचन गर्नुपर्नेछ।

राष्ट्रपति योलले गत डिसेम्बरमा सैनिक कानुन घोषणा गरेका थिए, जुन संसदले चाँडै उल्ट्याइदिएको थियो। त्यसपछि, योलको कदम लोकतन्त्रविरोधी भएको भन्दै संसदले महाभियोग अघि बढाएको थियो।

दक्षिण कोरियामा संसदबाट लगाएको महाभियोगमा अन्तिम फैसला संवैधानिक अदालतले नै गर्छ। योलको महाभियोग सदर भएपछि, कार्यवाहक राष्ट्रपति हान डक सूको जिम्मेवारी पुनः बहाल भएको छ। अब उनले ६० दिनभित्र देशभर निर्वाचनको प्रक्रिया अघि बढाउनेछन्।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  १२ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले