११ श्रावण २०८३, सोमबार । July 27, 2026

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पदमुक्त


२१ चैत्र २०८१, शुक्रबार  

33
Shares

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई संवैधानिक अदालतले महाभियोग सदर गर्दै पदमुक्त गरेको छ। सैनिक ‘कू’ गर्ने घोषणाका कारण उनलाई महाभियोग लगाइएको थियो, र शुक्रबार अदालतको निर्णयपछि उनी पदबाट हटािएका छन्।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार, संवैधानिक अदालतका आठ सदस्यहरूले एकमत रायमा योलमाथिको महाभियोग सदर गर्दै पदमुक्त गर्ने निर्णय दिएका थिए। यस निर्णयसँगै, दक्षिण कोरियामा आगामी ६० दिन भित्र नयाँ राष्ट्रपति चयन गर्नको लागि आम निर्वाचन गर्नुपर्नेछ।

राष्ट्रपति योलले गत डिसेम्बरमा सैनिक कानुन घोषणा गरेका थिए, जुन संसदले चाँडै उल्ट्याइदिएको थियो। त्यसपछि, योलको कदम लोकतन्त्रविरोधी भएको भन्दै संसदले महाभियोग अघि बढाएको थियो।

दक्षिण कोरियामा संसदबाट लगाएको महाभियोगमा अन्तिम फैसला संवैधानिक अदालतले नै गर्छ। योलको महाभियोग सदर भएपछि, कार्यवाहक राष्ट्रपति हान डक सूको जिम्मेवारी पुनः बहाल भएको छ। अब उनले ६० दिनभित्र देशभर निर्वाचनको प्रक्रिया अघि बढाउनेछन्।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  १२ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर