४ आश्विन २०८३, आइतबार । September 20, 2026

तीनकुनेबाट फरार दुर्गा प्रसाईंको गाडी इटहरीमा फेला


२१ चैत्र २०८१, शुक्रबार  

57
Shares

काठमाडौं । तीनकुने प्रदर्शन स्थलबाट फरार भएका दुर्गा प्रसाईं सवार गाडी इटहरीमा फेला परेको छ।

बिएबी–४२०८ नम्बरको स्कोर्पियो गाडी इटहरीमा भेटिएपछि उपत्यका प्रहरी कार्यालयले काठमाडौँ ल्याएको उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले जानकारी दिए। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित टोलीले गाडीका धनी मुकुन्द दाहाललाई पक्राउ गरेको छ। उनी कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारीका बासिन्दा हुन्।

प्रहरीले हाल उनीमाथि अनुसन्धान गरिरहेको छ। तीनकुनेबाट प्रसाईं सवार उक्त गाडी ईश्वर विकले चलाएका थिए। चालक विकले प्रसाईंलाई झापास्थित बिएण्डसी अस्पतालमा पुर्‍याएको बयान प्रहरीसमक्ष दिएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ८ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली