२३ बैशाख २०८३, बुधबार । May 6, 2026

देशभरको मौसम पूर्वानुमानः पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


२१ चैत्र २०८१, शुक्रबार  

108
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ, जसका कारण विभिन्न स्थानमा मौसम परिवर्तनशील रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतस् सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक/दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।

रातिको समयमा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली कायम रहनेछ, भने अन्य स्थानमा मौसम प्रायः सफा रहनेछ। महाशाखाले वर्षा र हिमपातको सम्भावनाका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ८ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको