२ माघ २०८२, बिहिबार । January 15, 2026

कुलमान र हितेन्द्रदेवको रिटमाथि सुनुवाइ सम्पन्न, आदेश आजै आउने



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतमा बिहीबारसम्म बहस सकिएको छ।

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमाथि न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा मंगलबारदेखि सुनुवाइ भइरहेको थियो। पहिलो दिन कुलमानका कानुन व्यवसायीले बहस गरेका थिए भने बुधबार हितेन्द्रदेवका कानुन व्यवसायी र महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षबाट पक्ष राखेका थिए।

बिहीबार तेस्रो दिनको बहसमा हितेन्द्रदेव र सरकारी वकिलले आफ्नो तर्क प्रस्तुत गरेपछि कुलमान पक्षका कानुन व्यवसायीहरूले जवाफी बहस गरेका थिए। बहस सम्पन्न भइसकेको छ भने अहिले आदेश लेखनको काम भइरहेको छ।

आदेश आजै सार्वजनिक हुने सम्भावना रहेको छ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ४ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले