३ जेष्ठ २०८२, शुक्रबार । May 16, 2025

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको कार्यालय प्रवेश



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं आज कार्यालयमा उपस्थित भएका छन्।

महानगरका मेयर बालेन साहले उनलाई रोक्न नगर प्रहरी खटाएपनि कर्मचारीहरूले गुरागाईंलाई गेटमै रोक्न नदिई कार्यालय प्रवेश गराएका हुन्। यसअघि, आधिकारिक नक्सा पास प्रणाली भन्दा बाहिर गइ नक्सापास स्वीकृति दिएको कारणले महानगरले पुस ७ गते गुरागाईंलाई जिम्मेवारीबाट हटाएको थियो।

त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थियो। तलबसमेत नपाएको भन्दै कर्मचारीहरू आक्रोशित भएका थिए, र जनप्रतिनिधिहरूसँग मिलेर गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराएका छन्।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  १२ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महीला टी-२० विश्वकप छनोटः नेपाली महिला टिम सुपर-३ मा

काठमाडौं । थाइल्यान्डमा जारी आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट

खुर्पा प्रहार गरि बुबाद्वारा छोरी र भतिजाको हत्या

चितवन । चितवनको भरतपुर महानगरपालिका–२५ स्थित शुक्रनगरमा एक दर्दनाक पारिवारिक

ह्वात्तै बढ्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ छोएको

सगरमाथा संवाद प्रारम्भ: जलवायु परिवर्तन, हिमाल र मानवको भविष्यबारे अन्तर्राष्ट्रिय बहस

काठमाडौं । काठमाडौंमा आजदेखि ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’

‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशव्यापी प्रदर्शनमा

काठमाडौं । निर्देशक दिपेन्द्र के. खनालको बहुप्रतीक्षित सामाजिक चलचित्र ‘के