२ माघ २०८२, बिहिबार । January 15, 2026

जसपा नेपाल सात दलीय मोर्चामा सहभागी हुने



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्घीय लोकतान्त्रिक मोर्चा गठनको अवधारणालाई अघि बढाउने कार्यलाई अनुमोदन गरेको छ।

बुधबार पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा केन्द्रीय सचिवालयको बैठकले सात दलीय मोर्चा गठनको सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको हो। पार्टीका प्रचार प्रसार प्रमुख पूर्ण बस्नेतका अनुसार, मधेश केन्द्रित दलहरूले आज सात दलीय मोर्चा गठनको औपचारिक घोषणा गर्ने तयारी गरेका छन्। साथै, जसपा नेपालले स्थानीय तहको अधिवेशन समयमै सम्पन्न गर्ने र भ्रातृसङ्गठनहरूको अधिवेशनलाई सफल बनाउन आवश्यक सहयोग र समन्वयको लागि मातहत समितिलाई निर्देशन दिएको छ।

पार्टीले समानताका लागि संघर्ष गर्न परिसंघ गठन गर्ने तयारी गर्दै चैत्र ३० गते केन्द्रीय कार्यालयमा बैठक आयोजना गर्ने पनि निर्णय गरेको छ। पार्टीका केन्द्रीय उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवलाई सर्लाही जिल्लामा देखिएका समस्या समाधानको विशेष जिम्मेवारी पनि दिइएको छ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ११ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले